एनआरएन संस्कृति भाषा तथा साहित्य प्रवर्द्धन कार्यदलले पूर्णता पायो


बार्सिलोना / गैर आवासीय नेपाली संघ अन्तर्गत गठित बिभिन्न कार्यदलहरुले समिति बिस्तार गर्ने क्रम चलीरहेका संस्कृति, सम्पदा, भाषा तथा साहित्य समितिले पनि पूर्णता पाएको छ। कार्यदलका अध्यक्ष पुष्प बरुवाल रहेको समितिले पूर्णता पाएको हो।

नेपाली कला-संस्कृति, सम्पदा,भाषा र साहित्य प्रवर्द्धनको लागि गठित कार्यदलको समितिमा रसियाका गोविन्द प्रसाद गौतम सहअध्यक्षमा नियुक्त भएका छन्। यस्तै इजरायलबाट भगवती बस्नेत, बेल्जियमबाट दिपेन्द्र केसी, पोर्चुगलबाट मोहन आचार्य ‘जलाद’, मकाउबाट राजेश प्रसाई, अष्ट्रेलियाबाट मनोज अधिकारी, युगाण्डाबाट रमेश कंडेल, बहराइनबाट पवित्रा राई, अमेरिकाबाट पिपलमणी पोखरेल, साबू गदाल कार्की र कृष्ण मुरारी ढुंगेललाई सदस्यमा मनोनयन गरिएको छ।

एसिया, अफ्रिका, अमेरिका, युरोप महादेशबाट प्रतिनिधित्व रहने गरि कला, संस्कृति सम्पदा र साहित्य सबै क्षेत्रलाई समेटिएको यस समितिको सल्लाहाकारहरुमा नेपाल सरकार संचार मन्त्रालय, नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाली पर्यटन बिकास बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा र एनआरएनका सबै क्षेत्रीय संयोजक र उप संयोजकहरू रहेका छन्।

नेपाली साहित्य र संस्कृति सम्वर्द्धनको लागि यस अघिनै एनआरएनले गरेका सम्झौतालाई निरन्तरता दिदै कार्यान्वयन गर्ने, राष्ट्रिय सम्पदाहरुको संरक्षण र त्यसको अन्तर्राष्ट्रिय चिनारीको लागि आवश्यकताअनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंग सहकार्य गर्दै काम गर्ने समितले जनाएको छ।

यस्तै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सहयोग गर्ने र सांस्कृतिक माध्यमबाट एनआरएन भित्रका विभिन्न सम्बन्धित सबै समितिहरु र अन्य विभिन्न संघ संस्थाहरुसंग समेत आपसी सहकार्य गर्दै नेपालको पर्यटन बिकासको लागि काम गर्न समितिले जिम्मेबारी निर्बाह गर्ने भएको छ।