६ महिना अघि साउदी पुगेका नेपालीले कार्यबाहक राजदुतलाई छुरा हाने


रियाद । साउदी अरबका लागि नेपालका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूताबासमै छुरा प्रहार भएको छ ।सुनसरीका लक्षमणबहादुर राईले उनको कार्यकक्षको ढोका थुनेर शर्मामाथि छुरा प्रहार गरेका थिए।

शर्माको किङ् फइसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको छ, अवस्था खतरामुक्त छ । शर्माको मुख, काँध र अाैंलामा चोट लागेको छ । उनको मुखमा टाँका लगाएको छ । राई मानसीक रोगी भएको दुताबासले जनाएको छ ।

उनी ६ महिनाअघि साउदी पुगेका थिए । कार्यवाहक राजदूतको  छुरा हान्ने राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको छ।परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै छुरा हानेको विषयलाई पुष्टि गर्दै त्यस्तो कार्यको भत्र्सना समेत गरेको छ ।