रोनाल्डोको शानदार हृयाट्रिकसँगै रियल मड्रिड सेमिफाइनलमा


काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिड च्यम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।

पहिलो लेग च्याम्पियनसिप लिगमा जर्मन क्लब उल्फस्बर्गसँग २-० ले पराजित रियल मड्रिडलाई अन्तिम चारमा पुग्न अनिवार्य जित आवश्यक थियो । गएराति भएको खेलमा रोनाल्डोले सनसनीपूर्ण ३ गोल गर्दै ह्याट्रिक गरेपछि रियल म्याड्रिडले च्याम्‍पियनसिपको सेमिफाइनल यात्रा तय गरेको हो ।

मड्रिडडले उल्फबर्गलाई ३-० ले हराएको छ समग्रमा ३-२ को जित हात पार्दै अन्तिम चारमा पुगेको छ । खेलमा रोनाल्डोले १५ औं मिनेटमा गोलको खाता खोलेको थिए । दुई मिनेट लगतै घरेलु टोलीको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा गोल गर्दै रोनाल्डोले हृयाट्रिक मात्र पुरा गरेनन्, रियल मड्रिडलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याएका छन् ।

खेलपछि रियलका प्रशिक्षक जिनेदान जिदानले रोनाल्डोले के गर्न सक्छु भन्ने देखाएको भन्दै उनी विश्वको उत्कृष्ट खेलाडी भएको बताए । ‘क्रिष्टियानोलार्इ सिंगो टिम चाहिन्छ र म पनि टिमकै बारेमा कुरा गर्न चाहन्छु किनकी यो उनीहरूले मिलेरै प्राप्त गरेका हुन्, उनले भनेका छन्, तर, उनी स्पेशल हुन् ।

यस्तै अर्को खेलमा पेरिस सेन्ट जर्मेनलाई १-० ले पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटी पहिलोपटक लिगको सेमिफाइनलमा पुगेको छ ।

पहिलो लेग २-२ को बराबरी खेलेको सिटीले घरेलु मैदानमा पीएसजीलाई १-० ले हरायो र समग्रमा ३-२ को जितका साथ अन्तिम चारमा स्थान बनाएको छ ।