लिगामा लगातार ६ सिजनमा ३० गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो


क्रिष्टियानो रोनाल्डो लगातार ६ सिजन ला लिगामा ३० गोल गर्ने पहिलो फुटबलर बनेका छन् । शनिबार राति रियल मडि्रडले एइबरलाई ४-० ले पराजित गर्दा रोनाल्डोले एक गोल गरे । यो सिजन ला लिगामा उनको ३० औं गोल हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले पाँचौं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलबाट अग्रता लिएको थियो । १८ औं मिनेटमा लुकास भाजक्वेजले गोल गरे । एक मिनेट लगतै रोनाल्डोले गोल गरे ।
खेलको ३९ औं मिनेटमा जेसेले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ४-० को अग्रता दिलाए । दोस्रो हाफमा भने थप गोल हुन सकेन ।
जितपछि हारपछि रियल मड्रिडको ३२ खेलबाट ७२ अंक भएको छ । बार्सिलोना ७६ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ७३ अंक छ ।