लायन्स क्लब लेक भ्यालीमा भण्डारी


कृष्ण रानाभाट/पोखरा ।

लायन्स क्लब अफ पोखरा लेक भ्यालीको लायन बर्ष २०१६/१७ को लागि इन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत चयन भएको छ ।

क्लबको निबर्तमान अध्यक्षमा भगवान पहारी, प्रथम उपाध्यक्षमा शंकर गिरि, द्वितीय उपाध्यक्ष तिर्थराज सुवेदी, तृतीय उपाध्यक्षमा राजेन्द्र कोइराला, सचिवमा सुबास सुवेदी, सहसचिवमा लक्ष्मण पहारी, कोषाध्यक्षमा प्रकाश वस्ताकोटी र सहकोषाध्यक्षमा श्याम लामिछाने चयन भएका छन् ।

त्यसै गरि सदस्य समन्वय सभापतिमा तारानाथ पहारी, ट्रमरमा शेरबहादुर अधिकारी, टेल ट्विस्टरमा रेबती पहारी र सदस्यहरुमा डम्बर सुवेदी, नबराज अधिकारी, चुडामणि दाहाल, अशोक पराजुली र चिन्तामणि पोख्रेल चयन भएका छन् ।

बर्ष २०१५/१६ का अध्यक्ष भगवान पहारीको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटन चार्टर सभापति राजेश पहारीले गरेका थिए ।

सो अबसरमा एल एफ बितरण र नव प्रबेशी सदस्यहरुलाई लायन्सको पिन र प्रमाणपत्र प्रदान गरिएको थियो ।

दुई चरणमा भएको कार्यक्रमको उद्घाटन सत्रमा बर्ष २०१५/१६ का सचिव राजेन्द्र कोइरालाले र समापन सत्रमा बर्ष २०१६/१७ का सचिव सुबास सुबेदीले संचालन गरेका थिए ।