बार्सिलोनाको अपराजित यात्रा रियलले तोड्यो,रोनाल्डोको बिजयी गोल


बार्सिलोना/क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मडि्रडले इएल क्लासिको भिडन्तमा जित हात पारेको छ र स्पेनिस ला लिगाको लिडर बार्सिलोनाको ३९ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ५६ औं मिनेटमा जेरार्ड पीकेको गोलबाट अग्रता लिएको थियो । तर, ६२ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । खेलको ८३ औं मिनेटमा रामोसले रातो कार्ड पाए र रियल मड्रिड १० खेलाडीमा सिमित भयो ।

तर, त्यसको दुई मिनेट लगतै रोनाल्डोले गोल गरे । जितपछि रियल मड्रिडको ३१ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ७० अंक छ । हारका बाबजुत बार्सिलोना ७६ अंकका साथ शीर्ष स्थानमा छ ।

12916802_10151016507784953_2090017640222538577_o 12909410_10151016507869953_2097281768570180832_o