डेनमार्कमा महजोडी आउने कार्यक्रमको तयारी पुरा


कोपनहेगन  / एन आर एन डेनमार्कले   मह जोडीको बिशेष प्रस्तुती सहित साँस्कृतिक साँझको आयोजना गर्ने भएको छ। नेपाली नयाँ बर्षको उपलक्ष्यमा एन आर एन डेनमार्कले डेनमार्कमा पहिलो पटक महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्यलाई ल्याउन लागेको हो।

Screen Shot 2016-04-02 at 22.34.10
नेपाली नयाँ वर्ष २०७३ को उपलक्ष्यमा यहि आउँदो मिति ११ अप्रिल २०१६, सोमबारका दिन  हरिबंश आचार्य तथा मदन कृष्ण श्रेष्ठ का साथ-साथै नरेन्द्र कंसाकार, अनि गायक तथा गायिका हरु मोहित आचार्य, यमन श्रेष्ठ र माण्डवी त्रिपाठी को समायोजनमा एक भब्य “हास्यव्यंग्य तथा लोक/आधुनिक साँझ” कार्यक्रम समापन हुन गईरहेको एन आर डेनमार्कद्वारा जारी सुचनामा उल्लेख छ ।

कार्यक्रम बेजोड हुने एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले बताए । उनले बताए अनुसार  उक्त कार्यक्रम लाई भब्य र सभ्य बनाउन साथै राष्ट्रिय स्तर का कलाकारहरुको सम्मानार्थ डेनमार्कमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको  सहयोग को उत्तिकै खाँचो पर्ने हुँदा सहयोगको लागि आग्रह गरिएको छ ।

एन आर डेनमार्कका महासचीव गोविन्द पौडेलले बताए अन्नुसार कार्यकमको तयारी पुरा भएको छ र टिकट बिक्रि तीन हप्ता अगाडी देखि गरिएकोले कार्यकम सफल हुनेमा दुइमत छैन । महजोडी कार्यक्रम हुने दिन बिहान डेनमार्क आइपुग्ने पनि उनले बताए ।

एन आर एन डेनमार्कका सचीव रमेश काफ्लेले बताए अनुसार मह जोडी जस्ता राष्ट्रिय गहनालाई डेनमार्कमा ल्याउने सुनौलो अबसर पाएको बताउँदै,कार्यक्रम सफल पार्न सबैलाई अनुरोध गरेका छन्। काफ्लेले भने,”प्रबासमा बसेर महजोडीको प्रहसन हेर्न पाउँनु सबै डेनमार्कबासी नेपालीहरुको लागि सुनौलो अबसर हो,त्यसैले कार्यक्रममा उपस्थिति भएर सभ्य र भब्य बनाउँन अनुरोध गर्दछु।”

महजोडी सहितको यो कार्यक्रमको संयोजक एन आर एन डेनमार्कका सदस्य अशोक शर्माले गरेका छन् । उनले बताए अनुसार मह जोडीको प्रश्तुती र सांस्कृतिक कार्यक्रमलाइ मिलाएर कार्यक्रमको ढांचा तयार पारिएको छ ।

यसैगरी त्यस कार्यक्रममा प्रश्तुत् हुने गीत, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमको संयोजन इनास डेनमार्कले गरेको छ । मह जोडी संगै डेनमार्कमा रहेका स्थानिय नेपाली कलाकारहरुको पनि बेजोड प्रश्तुती हुने इनास डेनमार्कका रबिन्द्र खड्का बताए । महजोडी संगै कार्यक्रम गर्नु पर्ने भएकोले विगतको भन्दा अलि फरक किसिमले कार्यक्रम संयोजन गरिएको पनि उनले बताए ।

मह जोडीले नयाँ बर्षको अबसरमा डेनमार्क बाहेकनर्बे,फिनल्याण्ड, स्पेन, पोल्याण्ड,स्विडेन,जर्मनी,फ्रान्स,स्बिजरल्याण्ड,बेल्जियम लगायतका युरोपियन मुलुकहरुमा कार्यक्रम गर्दै छन्। गैर आवासीय नेपाली संघको आयोजनामा वुमन वेलफेर च्यारिटीको सहयोगार्थ महजोडी युरोप यात्रामा आउँन लागेका हुन्।

डेनमार्कको लागि महजोडीको कार्यक्रम निम्नानुसार रहेको छ

कार्यक्रम हुने स्थान: नरेब्रो हेलेन (Nørrebrogade 208, 2200 København N)
समय: साँझ ५ बजे देखि
टिकेट दर: प्रति व्यक्ति १५० डेनिस क्रोनर

अन्य बिस्तृत विवरण एन आर एन डेनमार्कको फेसबुक पेज मार्फत र नेपालीनेपाली डट कम मार्फत क्रमिक रुपमा जानकारी गराइदै जाने भएकोले कृपया सूचनाहरु हेर्दै गर्नुहोला I