आजदेखि एसएलसी,६ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदै


आजबाट एसएलसी परीक्षा, देशभरि एकैसाथ ६ लाख १५ हजार ५ सय ५३ परिक्षार्थी बिहीबार एसएलसी परीक्षामा जुटदैछन् । यो पटक साधारण विषयमा नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८२ विद्यार्थी सहभागी हुदैछन् ।

परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारीअनुसार दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाँच सय ३५ छात्रा छन् । यो वर्ष छात्रभन्दा दुई हजार एक सय ८९ जना छात्रा बढी छन् ।

यो वर्षबाट ३२ नम्बर पाउन नसकेकै कारण कोही असफल हुनुपर्ने छैन । सबैजनाले ग्रेडका आधारमा ‘ग्रेडसिट’ पाउने छन् । विद्यार्थीले प्राप्त गर्ने एसएलसी ‘ग्रेडसिट’मा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि प्लस, डी र ई उल्लेख हुनेछ । यो अक्षरांक विद्यार्थीको अनुभवसहितको क्षमता मूल्यांकन पद्धति हो । अबदेखि एसएलसी नतिजा विगतमा जस्तो विशिष्ट, प्रथम, द्वितीय, तृतीय श्रेणी र अनुत्तीर्ण भन्ने रहने छैन ।