न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप फाइनलमा


न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य इंगल्यान्डले तीन विकेटको क्षतिमा १७ बल बाँकी छँदै पूरा गरेको हो ।

इंगल्यान्डका लागि जेसन रोयले ७८ रनको योगदान गरे । जोस बटलरले ३२ र जोय रुटले २७ रनको योगदान दिए । न्युजिल्यान्डका लागि इस सोधीले २ विकेट लिए । अब इंग्ल्याण्डले उपाधिका लागि भारत र वेष्ट इण्डिजबीचको विजेतासँग खेल्नेछ ।