सामाजिक उद्यमशीलता विकास उपसमिति बिस्तार


बार्सिलोना/ गैर आवासीय नेपाली संघ अन्तर्गत सामाजिक उद्यमशीलता विकास
उपसमिति बिस्तार भएको छ। संघका युवा उप-संयोजक लोक राज शर्माको संयोजकत्वमा गठित उपसमितिले पूर्णता पाएको हो।

समितिको उपसंयोजक अष्ट्रेलियाका डिला राम खरेल मनोनित भएका छन्। यस्तै सदस्यहरु फणिन्द्र पन्त (नेदरल्याण्ड), हरी दाहाल (अमेरिका), डा. जय कृष्ण ठाकुर (जर्मनी), राम चन्द्र बत्स्याल (केन्या), अब्दुल बसिद (कतार),डा. सारा क्षेत्री (क्यानाडा),राज बहादुर शाही (पपुवा न्युगिनी),धर्म राज अधिकारी (अष्ट्रेलिया), चिनिया दुवाल (बेल्जियम), कल्पित भण्डारी (युके),दिब्यस गिरी (नेपाल) रहेका छन्।

एनआरएनको ईतिहासमा सामाजिक उद्यमशीलता विकास उपसमितिले स्थान पाएको भन्दै,यसलाई मुर्त रुप दिन आँफूहरु लागि पर्ने समितका अध्यक्ष शर्माले बताएका छन्।

देशको सामाजिक आर्थिक  बिकासको लागि गैर आबासीयहरुको ज्ञान,सिप,क्षमता तथा दक्षताको प्रयोग गरी गरिबी निबारण,कामहरुको अबसर तथा बाताबरण संरक्षणमा भूमिका खेल्ने यस समितिको मुख्य उदेश्य रहेको छ।