पोखरालाई प्लाष्टिक निषेधित क्षेत्र बनाउन झोला सिलाई तालिम


कृष्ण रानाभाट/पोखरा १५ चैत ।

पोखरा-१०, रामबजारस्थित एउटा समाज घरमा केहि युवती र महिलाहरु हातले कपडा मिलाउदै खुट्टाले मेसिन चलाई रहेको थिए । उनिहरु बाताबरण मैत्री झोला सिलाई रहेका थिए ।

अहिले पोखराका विभिन्न वडाहरु धमाधम प्लाष्टिक झोला र गिलास निषेधित क्षेत्र बनाउने अभियानमा तछाड मछाड गरिरहेका छन् । त्यसै अभियानलाई सहयोग गर्न नगरपालिकाको बजेटमा वडा स्तरीय महिला समन्वय समिति पोखरा १० ले निशुल्क बाताबरण मैत्री झोला सिलाउने तालीम प्रदान गरिरहेको छ ।

उक्त तालिमको लागि पोखरा उपमहानगरपालिका कार्यालय बाताबरण शाखाबाट ४० हजार आर्थिक सहयोग हुने समितिकि अध्यक्ष पबित्रा गुरुङले बताइन।

सात दिनसम्म संचालन हुने उक्त तालीममा पोखरा १० भित्रका १६ आमा समूह तथा महिला समुहका २ जनाको दरले ३२ जनाले तालिम लिई रहेका छन् ।

प्लाष्टिक झोलाको विकल्पको लागि हाल सिल्बर कटिङ कपडाको झोला चैत १६ गते हुने प्लास्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रममा ३ सय झोला बितरण गर्ने वडा स्तरीय टोल समन्वय समितिका अध्यक्ष सम्मर श्रेष्ठले बताए ।

नवजीवन महिला बिकास संस्थाकि संस्थापक अध्यक्ष कमला थापाले आफ्नो संस्थाले पनि दुई जना महिलालाई तालीम प्रदान गर्न सहभागी गराएको बताईन। उनले तालीम प्राप्त महिला हरुले संस्थाका अन्य महिलाहरु लाई तालीम दिने पनि बताईन।

तालिम मा नियमित सहभागी पोखरा १० निवासी २९ बर्षिया सीता गुरुङले दैनिक एक जनाले १५ वटासम्म झोला सिलाउने गरेको बताईन।

आर्थिक स्थिति कमजोर भएका, एकल महिला, पीडित महिलाहरुलाइ प्राथमिक दिई बिगत एक बर्षदेखि सीप मुलक तालिम दिदै आएको महिला समन्वय समितिकि अध्यक्ष गुरुङले बताईन।