मान हराउन सक्छ,


-धिरज शर्मा
डर लाग्छ अब तिम्रो शान हराउन सक्छ,
अनि फेरी बसाईबाट मान हराउन सक्छ।

सुन्दै छु मन चोर्नेको बिगबिगी छ रे नि त्यता,
होसियार बन बसाईबाट मान हराउन सक्छ।।

नेपाली रुढि सस्कृतिमा रम्दै छन् रे नि त्यता,
अब त हाम्रो गौरबको गान-मान हराउन सक्छ।
मन्थनको चिन्ताले यसरि समात्दै छ हामीलाई,
एक अर्कोको लागि आफ्नो सम्मान हराउन सक्छ।।

जति विचार गर्नु छ गरी हाल आज नै ,
के थाहा भोलि पल्ट तिम्रो मेरो
बसाईबाटै मान हराउन सक्छ॥॥

तपाईको प्रतिक्रिया