क्रिएटिभ नेपलीज वुमन डेनमार्कको ‘क्रिएटिभ’ काम (भिडियो सहित)


कोपनहेगन । डेनमार्कमा रहेको नेपाली दिदिबहिनीहरुको संस्था क्रिएटिभ वुमन इन डेनमार्क ले नेपालमा बृद्धाआश्रमलाई सहयोग गरेर आफनो क्रिएटिभ कामको शुरुवात गरेको छ ।

संस्थाले हालै स्याङ्गजा र पाल्पाको सिमानामा रहेको स्याङ्गजाको मालुङ्गा गाउँको राम्दी नदीको किनारमा अवस्थीत शिव पार्वती बृद्धाआश्रमलाई केहि आर्थिक रकम सहयोग गरी संस्था सामाजिक कार्यमा पनि प्रतिवद्ध रहेको उदाहरण पेश गरेको छ ।

Screen Shot 2016-03-26 at 14.52.56
सहयोग रकम क्रिएटिभ नेपलीज वुमनको तर्फबाट हालै नेपाल भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव प्रकाश ढकाल तथा स्याङ्गजाका सांसद कमल पंगेनीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

चवालीस हजार चार सय चवालीस रुपैंया नगद बृद्धबृद्धा आमा बुवाहरुको अगाडी सो संस्थामा सचीव अर्जुन खनाललाई हस्तान्तरण गरिएको थियो । सोहि अवसरमा सबै बृद्धबृद्धाहरुलाई फलफुल वितरण समेत गरिएको थियो ।

रकम पाए पश्चात बृद्धबृद्धाहरु निकै खुशी देखिन्थे भने सो रकम संस्थाको भवन निर्माण कार्यमा खर्च गरिने संस्थाका सचीव खनालले बताए । भवन अभावमा हाल वर्षामा पानी चुहिने आश्रममा बृद्धाहरु रहेको पनि उनले जानकारी दिए ।

Screen Shot 2016-03-26 at 14.54.20
सो अवसरमा संसद पंगेनीले भवन निर्माणमा सहयोग जुटाउन आफुले पनि पहल गर्ने बताएका थिए । सो अवसरमा बृद्धबृद्धाहरुले खुशी व्यक्त गर्दै विदेशबाट नेपाली दिदिबहिनीहरुले यसरी सम्झिएर सहयोग गरेकोमा खुशी प्रकट गरेका थिए ।

Screen Shot 2016-03-26 at 14.54.35
डेनमार्कमा रहेका नेपाली दिदिबहिनीहरुको संस्था करीब चार वर्ष अगाडी स्थापना भएको थियो भने हालसम्म संस्थाले विविध कार्यक्रमहरु सम्पन्न गरिसकेको छ र डेनमार्कमा विविध कार्यक्रम गर्ने संस्थाहरुमा अग्रणी स्थानमा रहेको छ ।