नेपालद्वारा ब्रसेल्स आक्रमणको भत्सर्ना


काठमाडौं । नेपाल सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार भएको श्रृङ्खलावद्ध विस्फोटको भ्रत्सना गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा जुनसुकै प्रकारको आतंकवादको नेपालले भ्रत्सना गर्ने उल्लेख छ ।

साथै मृतकप्रति समवेदना र बेल्जियमका जनताले भोग्नुपरेको दुःखमा सहानुभूति ब्यक्त गरिएको छ । विज्ञप्तिमा घटनाका दोषीलाई जतिसक्यो छिटो कारबाही हुने विश्वाससमेत नेपालले ब्यक्त गरेको छ ।

Press-Release-of-Nepal-about-Brussels-Attacks