ब्रसल्स आक्रमणमा दुई ‘दाजुभाईको संलग्नता’


बेल्जियमको सार्वजनिक प्रसारकले ब्रसेल्सको विमानस्थलमा आफूलाई विष्फोट गराउने दुई आत्माघाती हमलाकारीहरु दाजुभाई रहेको समाचार प्रसारण गरिरहेको छ।
खालिद र ब्राहिम एल ब्याकरावीका बारेमा प्रहरीहरु जानकार थिए।

उनीहरुसँगै रहेको भनिएका तेश्रो व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।
ब्रसल्सको विमानस्थल र केन्द्रीय मेट्रो स्टेशनमा गराइएको आक्रमणमा ३४ जनाको ज्यान गएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए।

संदिग्ध

प्रहरीले तस्वीर सार्वजनिक गरेका ती व्यक्तिको नाम नाजिम लासरावी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्ति गएको नोभेम्बरमा प्यारिसमा गरिएको हमलामा संलग्न रहेको आशंकामा खोजी गरिंदै आएका छन्।

इस्लामिक स्टेट समूहले आफूले उक्त हमला गराएको बताएको छ।
बेल्जियमले तीनदिने राष्ट्रिय शोक घोषणा गरेपछि देशभर राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

मध्यदिनमा एक मिनेट मौन धारण गर्ने कार्यक्रम छ। ब्रसल्समा थप प्रहरी र सैनिकहरु परिचालन गरी उच्चस्तरको सुरक्षा सतर्कता अपनाइएको छ।

यद्यपि स्थानीयवासीहरुलाई आफ्नो दैनिकी जारी राख्न आग्रह गरिएको छ।-बीबीसी