बेल्जियमका सबै नेपालीहरु सुरक्षित छन् – एनआरएनए


बेल्जियमको ब्रसेल्सस्थित बिमानस्थल र भूमिगत रेलमार्गमा मंगलबार बिहान भएको बिष्फोटबाट नेपाली समुदाय सुरक्षित रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका अध्यक्ष शेष घलेले बेल्जियमस्थित गैरआवासीय नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै अहिलेसम्म नेपाली समुदाय सुरक्षित रहेको जानकारी पाएको बताएका छन् ।

आफ्नो फेसबुक पेजमार्फत् उनले बेल्जियमबासी नेपालीहरुलाई सर्तकर्ता अपनाउन र समुदाय तथा आफन्तको सम्पर्कमा बस्न अनुरोध गरेका छन् । साथै उनले ब्रसेल्सको अबस्था संवेदनशील रहकाले कुनै नेपालीलाई समस्या परे गैरआवासीय नेपाली संघसँग समन्वय गर्न र सहयोग आदान-प्रदान गर्न पनि अनुरोध गरेका छन् ।

यसैबीच एनआरएनए बेल्जियमले घटनाको भत्सर्ना गर्दै,सबै नेपालीहरुलाई सचेत रहन अनुरोध गरेको छ। संघले मंगलबार बिज्ञप्ति जारी गर्दै आफन्त साथीभाई,परिबारका साथै नेपाली समुदाय माँझ सम्पर्कमा रही रहन अनुरोध गरेको छ।

947365_10207652170836606_3641770336959828991_n