बेल्जियम बिष्फोटमा परी १३ जनाको मृत्यु (अपडेड)


बेल्जियम स्थित ब्रसेल्स एयरपोर्टमा दुईवटा बिस्फोट भएको खबर प्राप्त भएको छ। ज़ैवेनटेम हवाई क्षेत्रमा भएका बिस्फोटमा परी १३ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले जनाएका छन्। एयरपोर्टको टर्मिनल एकबाट धुवा बाहिर निस्केरहेको समाचारमा उल्लेख छ।
खबर अनुसार डिपार्चर क्षेत्रको अमरीकन एयरलाइंसको काउंटरको नजिक बिस्फोट भएको बताईन्छ।

बेल्जियमको सरकारने बिष्फोटमा परी केहिको ज्यान गएको पुष्टि गरेको भए पनि कतिको संख्या भने खुलाएको छैन। बिमानस्थलवाट सर्बसाधरणलाई बाहिर ल्याउन सुरक्षाकर्मीले उद्दार कार्य जारी राखेका छन्।

पेरिस हमालमा मुख्य अभियुक्त सालेह अब्देसलामलाई बेल्जियममा गिरफ़्तारी भएको चार दिन पछि नै बेल्जियमको बिमानस्थलमा बिस्फोट भएको छ।

_88889384_032112860-2