नयाँ बर्षमा,बहराईनमा पनि साँस्कृतिक साँझ हुँदै


बहराईन/ नेपाली नयाँ बर्षको उपलक्ष्यमा बहराईनमा साँस्कृतिक साँझको आयोजना हुँदै छ। अन्तराष्ट्रिय मञ्च बहराईनको आयोजनामा अप्रिल १ तारिख कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा गायक हिमाल सागर, लोकगायिका देबि घर्तिमगर,गायक तुलसी शिवाकोटी, प्रलय चौंलागाईं लगायतका कलाकारहरुले प्रस्तुति रहने भएको छ।

नेपाली नयाँ बर्ष २०७३ को स्वागत तथा शुभकामना आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ। बहराईनको मनमा शहर अवस्थित डेल्मन इन्टरनेशनल होटलमा कार्यक्रम हुने भएको छ।