गरिव बिद्यार्थीको सारथि बन्दै विवेकशील नेपाली नर्वे


ओस्लो/ विवेकशील नेपाली नर्वेले एसएलसी परीक्षालाई मध्यनजर गर्दै ओखलढुङ्गाका १५० जना बिद्यार्थीहरुलाई सोलार ल्याम्प वितरण गरेको छ। गाम्नाङ्गटार गाबिस स्थित श्री ग्राम ज्योति माध्यमिक बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई सोलार ल्याम्प बितरण गरेको हो।

यस अघि नुवाकोटमा बितरण गर्ने भनिए पनि धेरैको सुझाव अनुसार ओखलढुङ्गालाई प्राथमिकतामा राखेर यही मार्च २ तारिख बितरण कार्य सम्पन्न भएको बिबेकशील नेपाली नर्बेका अध्यक्ष दिपक महतले जानकारी दिए।

12674587_10207999659503242_1554847712_nअध्यक्ष महतले भने,” इलाईट १२ को सहयोगमा ११० थान र सँस्थाले उठाएको रकममा बाट ४० गरी, आर्थिक रुपमा कमजोर, भुकम्प पिडित र विद्युतीय सुबिधाबाट बन्चित १५० जना बिद्यार्थीहरुलाई सहयोग गरेका छौ,यो सम्पूर्ण नर्बेबासी नेपालीहरुको सहयोग हो।”

संस्थाका महासचिव डिपि न्यौपानेले आगामी दिनहरुमा गरिब तथा पिछडिएका नेपाली बस्तिहरुमा उद्यमशिलता तालिम लिएर जाने मनसाय रहेको बताएका छन्। सोलार ल्याम्प बितरण अभियानलाई सफल पार्न अविरल कार्कीले पनि महत्वपूर्ण भूमिका खेलेका थिए।