युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगितामा भाग लिन के गर्ने ?


अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनासको आयोजनामा आगामी मे महिनाको १४ र १५ तारिक स्विजरल्याण्डको बासेल शहरमा आयोजना हुन लागेको चौथो ईनास युरोपस्तरीय एकल नेपाली नृत्य र प्रथम युरोप महादेशस्तरीय गायन प्रतियोगितामा प्रतियोगीले पालन गर्नुपर्ने नियम र सम्पर्क व्यक्तिको मनोनयन सार्वजनिक गरिएको छ।

ईनास युरोप र ईनास स्विजरल्याण्डद्वारा जारी गरिएको सूचना अनुसार प्रतियोगितामा प्रतियोगीले अनिवार्य रुपमा नेपाली भाषाको गीत गाउनुपर्ने र नृत्य तर्फ पनि नेपाली गीतनै हुनुपर्ने ब्यबस्था गरिएको छ।

साथै युरोप महादेशका अधिकांश देशहरुबाट कलाकारहरुको सहभागिता हुने यस प्रतियोगितामा कलाकार तथा अन्य ईच्छुक ब्यक्तिहरुलाई कार्यक्रम सम्बन्धी सूचना र जानकारीहरु प्रदान गर्नको लागि हरेक देशमा सम्पर्क व्यक्तिहरु समेत मनोनयन गरेको छ। ईनासले जारी गरेको सूचनामा उल्लेखित नियमहरु र मनोनित सम्पर्क व्यक्तिहरु यस प्रकार रहेका छन्।

नृत्य प्रतियोगिता सम्बन्धी नियमहरु:

१) प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।

२) नृत्य एकल हुनुपर्नेछ ।

३) प्रतियोगीले आफूले नृत्य गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।

४) प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन ।

५) प्रतियोगितामा प्रतियोगीको कम्तिमा १३ वर्ष वा सो भन्दा माथि हुनुपर्नेछ ।

६) प्रतियोगितामा ब्यक्तिगत वा संस्थागतरुपमा भाग लिन पाईनेछ । तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।

७) नृत्य गर्ने गीतको समय बढिमा ३ (तीन) मिनेटको हुनुपर्नेछ ।

८) नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यावस्था गर्नुपर्नेछ ।

९) प्रतियोगीले लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि) र आधुनिक (नेपाली पप, आधुनिक,जाज (Jazz), ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई ओटा विधाका गीतमा अनिवार्य नृत्य गर्नुपर्नेछ ।

१०) प्रतियोगितामा भाग लिन चाहनु हुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि बुझाउनुपर्नेछ । दरखास्त फाराम तोकिएका संपर्क व्यक्तिहरु तथा युरोप स्थिति अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का राष्ट्रिय समितिहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।

११) प्रतियोगीले आवेदन फारामका साथमा आवेदन शूल्क वापत यूरो ३५ (युरो पैतीस) बुझाउनु पर्नेछ ।

१२) प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोलसम्वन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।

१३) सहभागिताको लागि निवेदन दिने अन्तिम मिति १५ अप्रिल २०१६ (15 April, 2016) सम्म हुनेछ ।

१४) प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।

१५) मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।

१६) प्रतियोगितामा भाग लिने प्रतियोगिलाई १४ र १५ मे गरी दुई दिन खाने र बस्ने व्यवस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।

१७) नृत्यको मूल्याङ्कन गर्दा गीत अनुसारको भेष-भुषा, हाउ-भाउ, सुरुवात र अन्त्य आदिलाई आधार मानिनेछ ।

१८) प्रतियोगितामा प्रथम दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली डानसिङ्ग स्टार २०१६ (INAS Europe Dancing Star 2016)’ ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१६ (INAS Europe Dancing Star 1st Runner up 2016) ‘ र ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१६ ‘ (INAS Europe Dancing Star 2nd Runner up 2016) को विशेष उपाधि सहित क्रमश: ७०१ युरो (युरो सात सय एक), ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ ।

१९) प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ ।

गायन प्रतियोगितासम्बन्धी नियमहरु:

१. प्रतियोगीले गाउने गीत नेपाली भाषामा हुनुपर्नेछ।

२. गायन एकल हुनुपर्नेछ।

३. प्रतियोगीले आधुनिक र लोक गरि दूई ओटा गीतहरु गाउनुपर्नेछ।

४. प्रतियोगीलाई एउटा गीत प्रस्तुत गर्न बढिमा ३ मिनट समय प्रदान गरिनेछ।

५. आधुनिक गीत म्युजिक ट्रयाकमा गाउन सक्नेछन। तर लोक गीत भने प्रत्यक्ष वाद्यवादनमा गाउनुपर्नेछ।

६. प्रतियोगीहरुले प्रस्तुत गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।

७. कम्तिमा १३ वर्ष पूरा भएका नेपाली भाषी महिला तथा पुरुष जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउनेछन् ।

८. प्रतियोगितामा व्यक्तिगत वा संस्थागत रुपले भागलिन पाइनेछ। तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।

१०. लोक गीतको लागि वाद्यवादन (मादल र हारमोनियम वा किबोर्ड मध्ये एक) आयोजकबाट उपलब्ध हुनेछ। तर आधुनिक गायनको लागि आफूले गाउने गीतको म्युजिक ट्रयाकको ब्यबस्था प्रतियोगी आँफैले गर्नुपर्नेछ ।

११. एक देशबाट बढिमा दुई जनासम्म प्रतियोगीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन।

१२. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि दरखास्त दिनुपर्नेछ । दरखास्त फाराम सम्बन्धित देशमा रहेका इनास राष्ट्रिय समितिहरु वा तोकिएका संपर्क व्यक्तिहरुबाट निशुल्क प्राप्त गर्नसकिनेछ ।

१३. प्रतियोगीले आवेदन फारमका साथमा आवेदन शूल्क वापत यूरो ३५ (युरो पैतीस) बुझाउनुपर्नेछ ।

१४. प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोल सम्बन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।

१५. सहभागिताको लागि निवेदन दिने अन्तिम मिति १५ अप्रिल २०१६ (15 April, 2016) सम्म हुनेछ ।

१६. प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।

१७. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।

१८. प्रतियोगितामा भाग लिने प्रतियोगिलाई १४ र १५ मे गरी दुई दिन खाने र बस्ने व्यवस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।

१९. गायनको मूल्याङ्कन गर्दा गीत अनुसारको सुर, ताल-नोटेशन, टाइमिङ्ग लगायतका गायन प्रतियोगिता मूल्यांकन सम्बन्धी प्रचलित नियमलाई आधार मानिनेछ ।

२०.प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार २०१६’ (INAS Europe Singing Star 2016) ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार फस्ट रनर अप २०१६ (INAS Europe Singing Star 1st Runner Up 2016) ‘ र ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार सेकेन्ड रनर अप २०१६ (INAS Europe Singing Star 2nd Runner Up 2016)’ को विशेष उपाधि सहित क्रमश: ७०१ युरो (सात सय एक), ५०१ युरो (युरो पांच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (Token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ ।

२१. प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ ।

ईनास युरोपस्तरीय एकल गायन प्रतियोगिताको लागि सम्पर्क व्यक्तिहरुको रुपमा मनोनयन हुनुभएका पदाधिकारीज्यूहरुमा

डा. विजय मल्ल (स्विजरल्याण्ड) ००४१(०)७८६४३७९३३,

सुश्री आशा स्टुकी (स्विजरल्याण्ड) ००४१(०)७६३३५०८७४,

श्रीमती निता कपूर (स्विजरल्याण्ड) ००४१(०)७८६१६३४३३,

श्री कमला दाहाल (जर्मनी) (+४९) १५७५८४७१३७५,

सन्तोषराज गुरुङ( जर्मनी) (+४९) १६३८४९८२०२,

रमेश त्वयना (लक्जम्बर्ग) (+३५)२६९१६८५८९२,

पुरुषोत्तम भट्टराई (स्पेन) (+३४) ६३२७६६४९१,

संजय बिक्रम शाह (स्पेन) (+३४) ६३१४४२९२७,

ड मित्रलाल पार्दे (पोल्याण्ड) (+४८) ७२९५८९५३९,

श्रीकृष्ण न्यौपाने (पोल्यान्ड) (+४८) ५१७२८१४६२,

दिपेन्द्र भण्डारी (इटाली) (+३९) ३२९ ०४७२७२४,

पवन गुरुङ (इटाली) (+३९) ३२९०९३२८४,

मनीष कुमार श्रेष्ठ (यूके) ००४४७४२८७३३७०८

सनम कुमार बैराग (यूके) ००४४७४४५८७१३७५,

बालकृष्ण श्रेष्ठ ( फिनल्याण्ड) ००३५८५०५०६१४००,

हेमन्त उपाध्याय(फ्रान्स) (+३३)१४२०९६६३२,

श्याम श्रेष्ठ (बेल्जियम) (+३२)४८५९२७७६०,

अनुजा प्रधान (बेल्जियम) (+३२) ४७१३०७४६३,

सन्त कुमार थापा मगर (डेनमार्क) (+४५) ४२६४७३३६,

रबिन्द्र खड्का (डेनमार्क) (+४५) ४२३७२४९२,

अर्पण पोखरेल (नेदरल्यान्ड्स) (+३१) ६४३९८०२७१,

सरिता हुमागाईं (नेदरल्यान्ड्स) (+३१) ६३९४८१८६८,

तुलसी लम्साल (पोर्चुगल) (+३५) १९२००७०१८०,

बैकुण्ठ रायमाझी (चेक रिपब्लिक) (+४२०)७७७५२३५०१

रकिशोर रायमाझी (चेक रिपब्लिक) (+४२०) ७७७ ६१ ३८०२

रहनुभएको छ। कार्यक्रमको लागि सम्पर्क व्यक्तिको रुपमा नियुक्त प्रतिनिधीहरु र ईनासका राष्ट्रिय समितिहरुबाट प्रतियोगिताको लागि फारमहरु निशुल्क उपलब्ध हुने सूचनामा जनाइएको छ।