देउवाको उमेद्वारी दर्ता, रमेश लेखकले गराए


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा उनले वारेसनामाको रुपमा उम्मेदवारी दर्ता गराएका हुन्

१३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउने देउवा पहिलो नेता हुन् । आफू खुलामञ्चमा आयोजित महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनुपर्ने भएकाले देउवाको वारेशनामाको रुपमा रमेश लेखकले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराउन देउवाकी श्रीमती आरजु राणा पनि सानेपास्थित पार्टी कार्यालयमा पुगेकी थिइन् ।