LIVE UPDATE: नेपाली कांग्रेसको १३ औं महाधिवेशन


कांग्रेसको १३ औं महाधिवेशन खुलामञ्चमा उदघाटन समारोह सुरु भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ति बालेर महाधिवेशनको उद्घाटन गरेका छन् ।

खुल्लामञ्चमा आयोजना गरिएको महाधिवेशनमा उदघाटन समारोहमा अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु विजयकुमार गच्छदार, चित्रबहादुर केसी, सीपी मैनालीलगायत सहभागी छन् ।

उदघाटन समारोहमा भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमार उपस्थित छन् । भारतका विभिन्न दलका नेताहरु पनि अतिथिका रुपमा सशभागी छन् । त्यसैगरी बंगलादेश, क्याम्बोडिया, पाकिस्तान लगायतका मुलुकबाट पनि महाधिवेशनमा शुभकामना दिन पाहुनाहरु आएका छन् ।