बेल्जियम र पोर्चुगलका छुट्टै भेला गर्ने काँग्रेस प्रतिनिधिहरु अबैधानिक


बार्सिलोना/ नेपाली काँग्रेसको १३ औ महाधिबेशनका लागि छुट्टै भेला आयोजना गर्दै चयन भएका बेल्जियम र पोर्चुगलका प्रतिनिधिहरुलाई केन्द्रले अबैधानिक ठहर गरेको छ। नेपाली जनसम्पर्क समिति बेल्जियम र पोर्चुगलमा प्रतिनिधि चयनमा असन्तुष्टि जनाउँदै,छुट्टै भेलाबाट छनोट भएका महासमिति सदस्य र महाधिबेशन प्रतिनिधिहरुलाई केन्द्रले बैधानिकता नदिएको हो। महाधिबेशनका लागि प्रकाशित मतदाता नामावलीको सुचीमा प्रतिनिधिहरु नपरे पछि यसको पुष्टि भएको छ।

बेल्जियमबाट सुबास जोशी(सन्तोष),सीता सापकोटा, गंगाधर गौतम बलिराम झा,सुबास गुरुङ्,कमल पन्थी र राम थापाको नाम मतदाता नामावलीमा प्रकाशित भएको छ। तर छुट्टै भेलाको संयोजन गरेकी जानकी गुरुङ पक्षधरका प्रतिनिधिहरुलाई केन्द्रले मान्यता दिएन।

यस्तै पोर्चुगलबाट लक्ष्मीप्रसाद सापकोटा,पूर्णबहादुर हमाल,चिज बहादुर तामाङ्,बिनोद घिमिरे,भानु सापकोटा,सुशील शर्मा गैर र सुरेन्द्र आमगाईलाई प्रतिनिधिको रुपमा केन्द्रले बैधानिकता दिएको छ।

प्रतिनिधि चयन प्रकियामा असन्तुष्टि जनाउँदै नेपाली जनसम्पर्क समिति पोर्चुगलका पुर्ब उपाध्यक्षहरु मुक्ति नारायण श्रेष्ठ,राजकुमार गौतम र खेमराज रानाभाटले छुट्टै भेलाको आयोजना गर्दै प्रतिनिधि चयन गरेका थिए। तर चयन भएका प्रतिनिधिहरुलाई केन्द्रले बैधानिकता दिएन।

तपाईको प्रतिक्रिया