गगन थापाले महामन्त्रीमा उमेद्वारी घोषणा गर्दै के भने ? (भिडियो)


काठमाडौं–१३ औं महाधिवेशनमा आफूलाई महामन्त्रीको उम्मेद्वारका रुपमा प्रस्तुत गरेका युवा नेता गगन थापाले प्रश्न गर्दै भने, ‘संस्थापन म र तँ भनेर तिम्रो हैसियत के ?’ ‘म विपीको छोरा होइन्, त्यसैले मेरो नसामा विपीको रगत बगेको छैन्, तर, उनको विचार बगिरहेको छ ।’

थापाले भने, ‘३९ पुगेँ, कसले भन्छ, हाम्रो उमेर पुगेको छैन्, भनेर ?’ अबको १५ वर्षमा नेपाल कंगाल मुलुकको सुचीबाट माथि उठेको र विकासोन्मुख मुलुकहरुको सुचीमा दर्ज भएको हेर्ने आफ्नो चाहना भएको उल्लेख गर्दै थापाले भने, ‘यो महाधिवेशन पार्टीका साथीहरुको विवेकको परिक्षा पनि हो ।’

अबको १५ वर्षपछि उनीहरुले भनुन्, ‘मेरो बाबाले साहसिक निर्णय गर्नुभएछ ।’ आफ्नो उम्मेद्वारीलाई चट्टानसँग तुलना गरेका थापाले भने, ‘हामी चट्टान भएर उभिदैं गर्दा, कसैले कुहिनोले हिर्काउन खोज्लान्, त्यतिबेला उनीहरुको कमजोर कुहिनो दुख्नेछ, तर पहाड भत्कँदैन ।’ त्यस्तै आफ्नो प्यानललाई संस्थान विरोधी प्यानलको रुपमा व्याख्या गरेको तर्फ आक्रोश व्यक्त गर्दै थापाले संस्थापनको सर्टिफिकेट दिने हैसियत कसैसँग पनि नभएको बताए ।