जीवन, मरणको दोसाँधमा अधिकारी, सहयोगको याचना


कृष्ण रानाभाट/ पोखरा
कास्की माझठाना निबासी सुरज अधिकारी उमेरले भर्खर २९ बर्षका भए । अनि बिहे गरेको पनि भर्खर २ बर्ष भयो । यो जिन्दगीको लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा उनि बिगत १८ महिना देखी मृत्युसंग लडिरहेका छन् ।

झट्ट सुन्दा पत्याउन पनि नसकिने आफ्ना शेयर सदस्यको परिवारका सदस्यको यस्तो अवस्था सुने पछि उनको यो घटना बुभन पोखरा सभागृहस्थित बिहानी वचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुको एक टोली शनिबार माझठाना पुगेको टंक अधिकारीले वताए ।

पारिवारिक स्थिति राम्रै भएका अधिकारीका सुरज एक्ला छोरा हुन् । सुरजलाई वैदेशिक रोजगारको अनुभवको लागि बिदेश जाने रहर जाग्यो । अनि उनि बिदेश पनि गए, फर्कने क्रममा उनि बिरामी भए र उनका बुबा लिन काठमाडांै गए । छोरा बिदेशबाट चडेको जहाज काठमाडांै आयो तर छोरा बाहिर आएनन् अनि उनका बुबाले छोरा बिरामी भएकोले भित्रै जानुभो तर छोरा अचेत अबस्थामा लडेको देखे अनि पछि होस आयो र बाबु छोरा कुराकानि गर्दै पोखरा आए ।

बाटोमा छोरा अलि कम बोल्ने स्बभाब देखेर बुबाले सुरजलाई त्यही बाटो पोखराको पार्दीस्थित नमस्ते अस्पतालमा चेकअपको लागी लगे, त्यहाँ डाक्टरको सल्लाह अनुसार एक इन्जेक्सन लगाइयो तर सुरज अचेत भए’ सुरजका बुबाले भक्कानिदै भने, ‘त्यस दिनदेखी अचेत सुरजको अहिले सम्म होस आएको छैन ।

आज लगभग २ बर्ष हुन लाग्यो, न सुरज बाल्छन, नचल्छन, उनको उपचारको लागी देशका सबै अस्पतालमा सुरजलाई लगियो तर अहिले सम्म होस आउन सकेको छैन । उनको उपचारमा लगभग ६० लाख खर्च भयो तर कुनै सुधार आएको छैन ।’

उनको अबस्था देखेर सहकारीका पदाधिकारीहरु पनि सम्हालिन सकेनन् । घरको अवस्था, परिवारिक वातावरण देख्दा अत्यन्त दयनिय देखेर, परिवारजनका कुनै पनि कुरा नगरीकन त्यहि नै १० हजार आर्थिक सहयोग गरेर आएको पनि टंक अधिकारीले वताए।

सुरजको बुबाको अब अन्तिम इच्छा बिदेशका अस्पतालमामा लगेर चेकअप गर्ने छ तर आर्थिक अभावका कारण उपचार गर्न लैजान सकेका छैनन्। ‘हामीले पनि केहि आर्थिक सहयोग गरि आयौ यदि कोही सुरजको त्यो अबस्थामा सहयोग गर्न चाहानुहुन्छ भने विहानी सहकारीमा सम्पर्क गर्न अनुरोध गर्दछु।’ अधिकारीले भने।