कास्की समाज स्पेनले बालबिकास कार्यक्रम ल्याउँदै


बार्सिलोना/ कास्की समाज स्पेनले,बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि सरोकार राख्दै बाल बिकास कार्यक्रम ल्याउँने भएको छ। बालबालिकाहरुको व्यक्तित्व बिकास, शैक्षिक भ्रमण, खेलकुद, जस्ता गतिबिधिहरुलाई समेटेर समाजले कार्ययोजनाहरु ल्याउँन लागेको हो।

समाजको प्रथम अधिबेशन पछि शुक्रबार बसेको नियमित बैठकले बाल बिकास कार्यक्रम लागु गर्न समाजका अध्यक्ष दिलनाथ भण्डारीको संयोजकत्वमा एक समिति गठन गरको छ । समितिमा राजेन्द्र कंडेल, शिव कुमार लामिछाने, बिशाल ढुंगाना,कुमार गुरुङ, पुष्प के.सी. सन्दिप मोहन भट्टराई, जित बहादुर माल, रबिन ठकुरी, देवी कुमारी भण्डारी, गीता पोखरेल ( पराजुली ), अतित गुरुङ र टिका क्षेत्री सदस्य रहेका छन्। समाजका अध्यक्ष दिल नाथ भण्डारीको अध्यक्षतामा बसेको बैठकको संचालन महासचिव बिशाल ढुंगानाले गरेका थिए।

पाँच सदस्यीय सल्लाहकार समिति गठन:-

समाजको बैठकले बसन्त रानाभाटको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा बलबहादुर कार्की, दिनेश गुरुङ, केदार ढुंगाना, र बेलकाजी गुरुङ रहेका छन्।

यस्तै समाजको प्रथम अधिबेशन सम्पन्न गर्न सहयोग पुर्याउँने स्पेन स्थित संघ सस्थाका प्रतिनितिधिहरु,कस्केली समुदाय, तथा स्पेनबासी नेपाली समुदाय प्रति बैठकले धन्यबाद तथा आभार प्रकट गरेको छ।

यसैबीच हालै नेपालमा भएका बिमान दुर्घटनाबाट ज्यान गुमाउँनेहरु प्रति बैठकमा श्रदाञ्जली ब्यक्त गर्दै घाईतेहरु शीघ्र स्वास्थ्य लाभको कामाना गरिएको छ।