नेपाली फुटबलर विमल, अनन्त र अन्जन स्पेन आउँदै


विमल घर्ती मगरसहित तीन नेपाली फुटबलरलाई स्पेनको मार्बेला युनाइटेड एफसीले बोलाएको छ ।

विमलसँगै अनन्त तामाङ र अन्जन विष्टलाई बोलाएको हो । विमलले औपचारिक सम्झौता नै गर्नेछ छन् भने अनन्त र अन्जनले क्लबमा झण्डै दुई महिना प्रशिक्षण लिनेछन् ।

उनीहरु तीनै जना आउँदो मार्च ५ मा स्पेन प्रस्थान गर्ने एन्फाले जनाएको छ। स्पेनमा दुई महिने प्रशिक्षणमा रहँदा उनीहरुले मार्च १३ देखि ३१ सम्म हुने मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्डको पनि भ्रमण गर्नेछन्।

सन् १९९७ मा स्थापना भएको यो क्लब अहिले स्पेनको बी डिभिजनको समूह ४ मा छ ।