बिमान दुर्घटना पछि महावीर पुन भन्छन् :-“भनेको नमान्दा यस्तो भयो”


– महावीर पुन

पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निक्रियताको एउटा उदाहरण दिन चाहन्छु बुधबारको दुखद हवाई दुर्घटना को अवसरमा । हामीले नेपाल वायरलेस मार्फत सन २०१० मा मुस्ताङको लेते नजिकैको लाक्र्युडाँडा र म्याग्दीको खोप्रा डाँडामा वैशाली भन्ने विश्व प्रख्यात वेदर स्टेसन र र आइपी क्यामेरा हवाईजहाज हरुको लागि मद्दत होस् भनेर जडान गरेको थियौं ।

ती उपकरणबाट इन्टरनेट मार्फत फ्लाईट रुटको रियल टाइम भिडियो र वेदर इन्फर्मेसन लिन सकिन्थ्यो । त्यसको लागि एआइटी बैंकक र एक्यापबाट आर्थिक सहयोग जुटाइएको थियो । नागरिक उड्ययन प्राधिकरनको एक पैसा पनि परेको थिएन । ती उपकरणहरु चलाउनुस भनेर जोमसोम र पोखरा एयरपोर्टमा गएर सिकाइ दिएको पनि हो । तर त्यसको उपयोग गरेनन् । तीन वर्षपछि ती उपकरणले सम्भार नभएर काम गर्न छोडे । ती उपकरणहरु उपयोग गरे वापत कुनै शुल्क लगाइएको थिएन ।

अहिले पनि म्याग्दीको मोहरे डाँडामा दुई ओटा आइपी क्यामेरा छन् र एउटा वेदर स्टेसन छ । ती क्यामेराहरु र वेदर स्टेसन हवाइजहाजहरुको लागि नै भनेर राखिएको हो । मैले पोखरा विमानस्थलमा गएर ती क्यामेराहरुको आइपी एड्रेस र वेदर स्टेसनको लिंक पनि दिएकै हो । तर त्यसको उपयोग गरेको जस्तो लागेको छैन । मैले त्यो सुविधा निशुल्क उपलब्ध गराएको हो ।

– पुनको फेसबुकबाट

Screen Shot 2016-02-25 at 13.04.58