संजय दत्त यसरी निस्के जेलबाट (भिडियो )


बलिउड अभिनेता सञ्जय दत्त महाराष्ट्रको यरवदा जेलवाट रिहा भएका छन् ।
श्रीमति मान्यता दत्त, निर्देशक राजकुमार हिरानी लगायत सञ्जयका केही मित्र उनलाई लिनका लागि जेलसम्मै पुगेका थिए ।

दत्तले जेलभूक्त भएपछि ‘स्वतन्त्रताको हिँडाइ सहज नहुने’ प्रतिक्रिया दिएका छन्। दत्तले जेलबाट निस्किएपछि मिडियालाई छोटो प्रतिक्रिया दिने क्रममा उक्त कुरा बताएका हुन्।

जेलवाट निस्कदै गर्दा उनको हातमा एउटा ब्याग र केही फाईल थियो । मुम्बई पुगे लगत्तै सिद्धि विनायक मन्दिर पुगेर आफ्नी आमा नरगिसलाई श्रद्धान्जलि दिने कार्यक्रम रहेको छ ।
उनको रिहाई हुने थाह भएपछि केही ब्यक्तिले यरवदा जेल बाहिर उनको विरोध समेत गरेका थिए । सन १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा अबैध हतियार राखेको अभियोगमा उनलाई पाँच वर्षको कैद सजाय भएको थियो ।