१३ औँ पुण्यतिथिमा कोईरालालाई,स्विजरल्याण्डमा सम्झियो


स्विजरल्याण्ड – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको १३ औँ पुण्यतिथि पारेर श्रद्दान्जली सभा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको आयोजनामा आइतबार जुरिचमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै समाजसेवी माधव आचार्यले सुशील कोइरालाको सरल जिवन उच्च बिचार भएको ब्यक्तित्व भएको आफुले पाएको बताए । आचार्यले कोइरालालाई स्मरण गर्दै उनी नयाँ छाताको शोखिन भएको बताए । उनले भने ‘कोइरालाका ३ वटा मोवाइल भएको समाचार आए पनि उनको मोवाइलमा भन्दा छातामा मोह थियो । विदेशबाट के ल्याऔं भन्दा कोइरालाले सधैं नयाँ छाता ल्याइदिन आग्रह गर्थे’ ।

पुण्यतिथिको अवसरमा स्वर्गीय सुशील कोइरालाको फोटोमा फुल र अबिर चढाई माल्यापण गरिएको थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत भएका कोइरालाले नेपाली राजनीतिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यको चर्चा समेत गरिएको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डका अध्यक्ष राम महतो , उपाध्यक्ष श्याम सापकोटा , समितिका संस्थापक संरक्षक माधब राज आचार्य , निबर्तमान उपाध्यक्ष प्रेम सापकोटा , एनआरएन युरोप संयोजक कुल आचार्य , स्पेनका आईसीसी सदस्य तथा जनसम्पर्क समिति स्पेनका भूपु अध्यक्ष एकराज गिरि लगायत शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।