आखिर सेलायौ तिमी !


रोजी लाबुङ (राई )

– रोजी लाबुङ (राई )

केहि दिनको लागी अब केहि त हुन्छ कि अनगीन्ती मानब सागर उर्लीएको थियो तिम्रो निम्ती हरेक गाँऊमा हरेक चौकमा हरेक शहरमा बिशेष गरी तिम्रो शहर टोल अनि राजधानीमा  हजारौ पत्रपत्रीकाहरु को भित्ताहरु मा तिमी सजियौ हरेक संन्चार माध्यम द्दुारा तिमी रंगीयौ लाखौ करोडौको फेसबुक को घरमा तिमी चर्चित बन्यो तिम्रो नाममा गीत लेखीयो तिम्रो नाममा कथाको जन्म भयो तिम्रो कारण सबैको मनमस्तीस्कमा दया करुणा ईज्जत आदि ईत्यीदि उब्जीएको थियो।

तिम्रो लागी सारा साराले नारा लगाए तिम्रो नाममा जयजयकार मनाए केवल केहि दिनमै केहि क्षणमै फेरी तिम्रो नाम सबैको मनस्पटल बाट हराए मेटीए तर पनि नेहा पुन तिमी खुसी बन कारण तिम्रो विवसता तिम्रो पिडा तिम्रो महत्व धेरै ले बुझे असंख्यले तिमीलाई महसूस गरे लाखौको मन मस्तीस्कमा थोरै समयको लागी भए पनि तिमीले स्थान लियौ माया पायौ तिमी परलोक नै गएता पनि सबैले तिमीलाई हृदयमा राखेर मनन गरे त्यो त तिम्रो घरपरीवार तिम्रो समाज अनि लाखौ मान्छे लगायत तिम्रो आत्मालाई पनि थाहा नै छ हैन र ?

त्यसै ले तिमी खुसी बन तिम्रो लागी न्यायको भिख माग्ने लाखौ छन् तिम्रो लागी बोली दिने करोड़ों छन् तिमीले अवश्य एक दिन न्याय पाउने छौ ढीलो चाँडो कारण तिमीलाई त्यो स्थीती मा पुर्याएर छोड्ने एउटा जन्तु त जे होस् देखावटी पिन्जडामा लुकावटी पंन्जामा परी सकेको छ तिमीले आफैलाई भाग्यवानी संम्झ ल ।

कारण तिमीलाई आश्चर्य लाग्छ होला कसरी म भाग्यशाली भाग्यवानी महसूस गरुँ भनेर अनि तिमीलाई आश्चर्य लाग्नु स्वभाविक पनि हो कारण मैले के भन्न खोजी रहेको छु त्यो तिमीलाई थाहा छैन तिमीलाई मात्र हैन धेरैलाई थाहा नहुन सक्छ मैले भन्न खोजी रहेको कुराहरु अनि फेरी सबैलाई भनौं पनि म कसरी भोलीको दिनमा फेरी मेरो नाम कलो झन्डा निकालीन बेर छैन म ज्यानमारा बलत्कारीलाई साथ दियो भनेर उल्टै अर्थ लगाई मेरो तस्वीरहरु मा कालो मोसो लगाई भालाले रोपीन पनि बेर छैन तर नेहा मैले तिमीलाई कुनै आरोप लगाउन खोजेको पनि हैन।

साथै तिम्रो चरित्र मा संका गरेको पनि हैन अनि त्यो नालायक जनवारको पक्ष त झन ब्ल्कुलै लिन खोजेको हैन त्यसको नाम समेत म लिन चहान्न त्यसैले मैले त्यसको नाम कुनै पनि ठाऊमा समाबेश गरेको छैन त्यस्तो पापी दुष्ट को नाम समाबेश गरेर मेरो यो तिमी प्रतिको मेरो भावनालाई मेरो यो छोटो मनोबाद लाई म अपवित्र पार्न चहान्न पनि यदि तिम्रो आत्मालाई म प्रति कुनै दुख मन भए माफ गर ।

तिमी त एउटा पढेलेखेकी केटी हौ तिमी जवान पनि हौ तिमी एउटा कलाकार पनि हौ तर पनि तिमीले तिम्रो धर्म दाजु संगको नातालाई किन छुपायौ तिम्रो आफ्नै जन्म दिने आमा संग त्यो मलाई ठिक लागेन यदि तिमीले पहिले नै तिम्रो आमा संग यो कुरा भनि तिम्रो धर्म दाईंलाई तिम्रो आफन्तहरु संग चिनजान गराई दिएको थियौ भने पनि तिम्रो घर परीवार समाज आफन्तहरु लाई यति धेरै आघात पनि हुने थिएन होला।

तिम्रो आमाको भनाईहरु मैले सुने मलाई अझ बढी दुख लाग्यो बहाँले भन्नु भयो मेरो छोरी अब बोल्न सक्दैन जसले जे भनेर आरोप लगाए पनि हुन्छ तर मलाई बिस्वास छ मेरो छोरी नराम्रो नियतीमा नराम्रो मार्गमा हिडेको थिएन र हिड्ने मान्छे पनि हैन ऊ अनि आज सम्म त्यो मान्छे लाई मैले देखेको पनि छैन त्यो राम्रो मान्छे धर्म दाजु थियो भने त मेरो घरमा आईहाल्थ्यो नि आज सम्म कहिलै आएको पनि छैन भनेर तिमी प्रति वहाँ लाई कति विश्वास थियो तर तिमीले कमी बेशी जति नै भए पनि आमालाई बिश्वास घात चाहि गरेको थियौ नि हैन ?

पत्र पत्रिकाहरुमा पढेर थाहा भयो प्राय तिमी त्यही मान्छे संग घर जान्थ्यो रे तर करेशा सम्म जाँदा पनि किन के कारणले तिमीले त्यसलाई कहिलै घर लगेनौ अनि तिम्रो आफन्त अनि स्यंम आफ्नै आमालाई समेत चिनाएनौ त्यसमा पक्कै तिम्रो पनि केहि कमी कमज़ोरी त थोरै बहुत केहि त छ नै होला ? माफ गर नेहा मैले तिम्रो चरित्र लाई प्रश्न गर्नु खोजेको हैन सिर्फ तिम्रो कमजोडी मात्र औंल्याउन खोजेको हो कारण भोली गएर अरु दीदी बैनी चेलीबेटीहरु ले आफ्नो धर्म दाईं भाई काका मामा बावा बाट यस्तो भोग्न नपरोस् भन्ने मनसाय ले म तिमी संग यो कुरा गर्दैछु अन्यार्थ नसोच मलाई माफ गर ।।

तिमी त पढेलेखेकी जवान केटी हौ कति चेलीबेटीहरु अबोध बालिकाहरु समेत आफ्नै घर आफ्नै गाँऊ समाजमा दिनहुँ आफ्नै काका मामा बाऊ दाजु भाई छिमेकी नातागोता प्रेमी यस्तै अनेकौं अजिव मानबरुपी जवानहरु बाट बलकृती भएको त्यस पछि हत्या भएको कुटपिट भएको अंगभंग भएको अनेकौं शारीरिक मानसिक शोषण भएको तिमीले पनि सुनेको नै थियौ होला तिमी भन्दा केहि दिन पहिले पनि त कसैको हत्या भएको थियो त तिमै त्यो गाँऊ समाजमा हैन र !

तिमी त कुनै दुर्गम गाँऊमा हुर्केको छोरी चेली पनि हैनौ साथै अनपढ़ पनि त हैनौ नि ! हैन र ? तर तिमी जस्तो ले त त्यसको जनवारको बिश्वास गरी तिमी तिनीहरुको पंन्जामा पर्यो फुस्कन सकेनौ जालमा बेरीयौ निस्कन सकेनौ खाल्डोमा पर्यो उत्रन सकेनौ तिमी आफै भन यो हाम्रो गाँऊ समाजमा कति नारीहरु अनपढ़ अशिक्षित छन् झन तिनीहरुको दुर्दशा कस्तो होला ? कति असहनीय होला ?

बिश्बासको पनि सीमा हुन्छ नेहा तर तिमीले सीमापार गरेर परीधी नाघेर त्यस्तो हत्यारा जनवारलाई बिश्वास गरेकी रहेछौं तिम्रो फेसबुक मा भएको फोटोहरु र तिम्रो केहि लेख्ने शैली मार्फ़त मैले थोरै भए पनि बुझ्न मौका पाए कि तिमीले त्यो पापीष्ट लाई हद नै विश्वास गरेकी थियौ भन्ने यदि तिमीमा थोरै मात्र विश्वास कम थियो भने पनि तिमीले यस्तो बिहोर्न पर्ने थिएन कि !

तिम्रो उ प्रतिको बिश्वासको भावनाले चरम बिन्दु नै पार गरीसकेको थियो त्यसैले तिमी त्यो पशुले जहाँ बोलायो त्यहाँ रातबिरात नभनी खुरुक्क गयौं तिमी एक्लै जवान नारी थियौ त्यहाँ भने चारपाँच जना जवान पिपाशुहरु थिए त्यहाँ तिमीले अलिकती मात्र डर राखेकी थियौ भने थोरै मात्र शंकोच मानी निस्केर हिडेको थियौ भने पनि आज तिम्रो घरपरीवार आफन्त र तिम्री एक्ली आमा अनि यो समाजले यति धेरै तिम्रो खातिर बियोगको आँशु झार्न रिसले दाह्रा किट्न अवश्य पनि पर्ने थिएन ।

तिमी त आखिर गयौ सबैलाई छोडेर मानौं केहि क्षण तिमीलाई कठोर भयो होला त्यो पापी दैत्य राक्षसको तर केहि पलको छट्पटाई पछि केहि क्षणको दुखाई पछि तिमी त गयौ परलोक तर तिम्रो कारणले हामी यो लोकमा बस्ने लाई अझै सहन गाह्रो भएको छ बिर्सने कठिन परेको छ तिम्रो बास्तबीकता र तिम्रो बारेमा सुन्दा हामीलाई त यस्तो आघात भयो भने तिम्रो घरपरीवार आफन्त मान्यजनहरु को के हाल होला ?

तर तिमीले अवश्य न्यानिसाफ पाउने छौ तर अपसोच तिम्रो त्यो सुन्दर जिवन फेरी तिमीले पाउने छैनौं तिम्रो आमाले फेरी बहाँको कान्छी छोरी नेहा पाउनु हुने छैन तिमी त कलाकार थियौ तिमी शहर बजारमा हुर्केकी थियौ त्यही भएर तिम्रो न्यायको लागी मानबसागर उर्लीयो अनेकौं संचार माध्यम दुव्वारा सबैको कानमा सबैको ऑंखामा सबैको मनमा पुग्यो तर कति छन् तिमी जस्तै गरी आफ्नो ईज्जत शरीर गुमाउने हरु नत उनीहरु ले न्याय निसाफ नै पाएको छन् नत तिमी जस्तो सबैको सामु पुगेका छन् नत उनीहरु को न्याय निसाफको लागी कोहि बोली दिएका छन् ।

ति जो नारीहरु जो चेलीहरु जो अबोधबालीका हरु कयौंको शरीर मट्टीमा मिल्यो त्यहि माटो सँगै न्यायनिसाफ पनि मट्टीमा नै मिल्न विवस बने खोई को बोल्ने ?कस्ले खोज्ने अधिकार अनि न्याय ? जो समाजमा राम्रो कुराको लागी आवाज उठाउन खोज्छ भोली त्यसैको शरीरको चरीत्रको हत्या भई रहेको हुन्छ यो समाजमा जो जायज कुरा गर्न चहान्छ उसको खनीखोत्रो उतारीन्छ यो समाजमा जो एउटा नारी स्वच्छ पवित्र भावनाले ब्यवहारले कुनै कुरामा अग्रसर हुन चहान्छे एउटा कुखराको पोथी संग उ दाँजीन पुग्छे कारण एउटा स्त्रीलाई पोथी बनाईन्छ।

अनि अन्तमा पोथी बासेको राम्रो हुदैन भन्दै बिभिन्न आलोचनाको पात्र बनाईन्छ त्यही समाजमा नारी देवी हो सरस्वतीको प्रतिरुप हो पवित्र गंगा हो भन्दै अनेकों नामकरण दिईन्छ त्यहि समाजमा त्यो नारी छोरी हुन्छे सासु बुहारी हुन्छे दिदी बैनी श्रीमती भाउजु बुहारी नन्दआमाजु सबै हुन्छे अन्तमा गएर आमा बन्छे।

तर त्यहि समाजमा ऊ दाईजोको नाम बोक्सीको नाममा त्यही नारी कुटीन्छे काटीन्छे गाँऊ समाजबाट बहिस्कृत हुन्छे बलत्कार हुन्छे अंगभंग हुन्छे अनि आफ्नो देहलिला समाप्त गर्छे तर कसैले उसको लागि आवज उठाउन न्याय निसाफ माग्न त परैजाओस् लाश बोकेर लैजाने मान्छे समेत पाउन गाह्रो हुन्छ।

मलामीको त कुरै नगरु यो सब हुनमा सबै स्वार्थ को कारणहरु समेटीएको छ कारण ऊ कुनै कलाकार हैन ऊ कुनै चर्चित ब्यक्ती हैन र ऊ साधारण परीवारको छोरीचेली श्रीमती बुहारी अामा ईत्यीदि हो त्यसैले । तर नेहा तिम्रो लागी त सबैले आबाज उठाए नि हैन ? तिमीलाई त्यो मोडमा पुर्याउने त जे भए पनि प्रहरीको क़ब्जामा त छ हैन र ? कतिको चेलीबेटीहरु आमाहरु तिम्रो जस्तो मोडमा पुगेर उनीहरु को देहलिला समाप्त गरे त अभाग्य बस भनौं आजसम्म को मार्फ़त उनीहरु लुटीए अंगभंग भए मारीए केहि पत्तो छैन बिचराहरु को आत्मा कति कराई चिच्याई रहेको होला उनीहरुको आत्माले औल्याई रहेको होला तर कस्ले सुन्ने उनीहरुको चित्कार कस्ले बुझ्ने उनीहरुको पुकार ।

तर तिमी त धेरै भाग्यवानी रहेछौं आफुलाई तिमी भाग्यवानी ठाँन कारण तिम्रो लागी असंख्यौ मानबसागर उर्लीएका छौ तिम्रो लागी कयौ सुभचिन्तक छौ तिम्रो न्यायनिसाफ को लागी आवाज उठाउनेहरु पक्कै पनि तिम्रो आत्माले देखि रहेको छ हेरी रहेको छ नि हैन र ? अब तिमी धेरै शिक्षित पढेलेखेका गाँऊ शहर भरी एउटा उदाहरण बन्ने छौ र बनेकी पनि छौ त्यती धेरै लिन लिप्त भएर कसैको पनि बिश्वास गर्नु हुँदैन र जसले जता बोलायो त्यता एक्लै छोरी मान्छे जानु हुँदैन भनेर फेरी यो वाक्यलाई पनि यो समाजले गलत अर्थ लगाउन खोज्ने छ छोरी मान्छे चाहि के जहिलै एउटा बन्धनमा बाँधीएर बस्नु पर्ने स्वतन्त्र भएर हिड्न नपाउने ?

आदि ईत्यीदि तर मैले त्यस्तो भन्न त कहाँ खोजेको हो र !जुन गाँऊ समाजमा जुन राष्ट्रमा देशमा मानब अघिकार को त कुनै औचित्य छैन भने त्यहाँ कुनै स्त्रीको समान्न गरीदैन भने त्यो समाजमा कसैको जिऊज्यानको सुरक्षा छैन भने कुनै दह्रो नियमकानुन नै पारीत छैन भने जहाँ नाताबाद कृपाबाद पुँजीबाद आदि ईत्यीदि मात्र पारीत हुन्छ भने किन स्वतन्त्रता खोज्ने पुरुषप्रधान देश हो किन महिला पनि पुरुष समान हो भनेर किन दाँजीन खोज्ने ?

महिला पुरुषमा समानता आफ्नो लागी बोलेर कराएर मात्र हुँदैन एउटा कागजको टुक्क्रा लेखेर अल्मलाएर हुँदैन एउटा गाँऊ एउटा समाजमा मात्र त्यसको उपयोग गरेर नियम र परीधीमा बाँधेर हुँदैन कसैलाई परीबन्ध र करकाप डरत्रासमा राखेर हैन स्वयं प्रत्येक ब्यक्ती ब्यक्तीमा आफसे आफ नारी सम्मान प्रति झुकाव हुन जरुरी छ नारीप्रति समान्न को भावना जागृत हुन आवश्यक छ बिशेष गरी सोचबिचारमा परीवर्तन ल्याउन जरुरी छ जतिनै नियमकानुन बनाए पनि जतिनै पढेलेखेको शिक्षित नै भए पनि उसको सोच बिचारमा परीवतन आएन के सहि के गलत छुट्टाएर अपनाउन सकेन भने त्यसको कुनै महत्व हुँदैन । नारी नारीहरु एकआपसमा देखावटी रुपमा राजनैतिक रुपमा परीबारीक रुपमा जातीय बर्गीय आदि ईत्यीदीमा हैन भावनात्मक रुपमा आत्मीकी रुपमा मानबीय कर्तव्य निभाउदै निस्पक्क्ष भएर आपसमा एकताको संगठन निमार्ण गर्न अग्रसर हुन पर्दछ भन्नमा सुन्नमा कति सहज र सरल छ तर ब्यवहारमा उतार्नको लागी त्यति सजिलो छैन ब्यवहारमा उतार्नको निम्ती सबै भन्दा पहिले हाम्रो सोचबिचार बदलेर अगाडी बढन सक्नु पर्दछ

अनि मात्र भोलीको दिनमा हाम्रो घर गाँऊ समाज राष्ट्रमा फेरी अरु नारीहरु मुर्ख बेभिचारी कलंकीत मानब रुपी दानब घुर्त पापी पुरुषहरुको गिद्दे नजरको शिकार बन्ने छैनन् लुटीने छैनन् बलकृत हुने छैनन् दाईजोको नाममा अंगभंग हुने छैनन् बोक्सीको नाममा कुटीने बहिस्कृत हुने छैनन् यदि हामी सबै को सोच बिचारमा परीवर्तन गरी सबै एकै सोचबिचारमा एकजुट हुन सक्यौ भने

सबै अनावश्यक कुप्रथा कुविचार त्यागेर सुबिचार सदाचार सदभाव आदि मा सहमत जुटाएर सैदान्तीक ब्यबहारीक शिक्षा प्रणाली अपनाई सबै सचेत हुन सकेमा ज्ञान आर्जन गरी एकआपस मा साटासाट गरेमा अवश्य हाम्रो गाँऊ समाजमा हामी सबै नारीहरु नर समान अवश्य बन्ने छौ त ……………..र ………

हामी सबै नारीहरु एकजुट हुन जरुरी छ सिर्फ एकजना शिक्षित शहरीया कलाकार पुँजीपति सम्पन्न घरपरीवार राजनीतिज्ञ हरुको नातेदार ठुलाबडा हाकिम कर्मचारीहरुको छोरीचेलीहरु को लागी मात्र हैन हरेक गरीव दुखी निमुखा पिछाडीएका छोरीचेलीको लागी पनि एक जुट भएर नारा लगाऔ महिला मुक्तिको लागी अत्याचार दुराचार भेदभाव शोषण दमन आदि ईत्यीदि को लागी ।।।।।।।।। बुधबारे -५ झापा

नेपाल -हाल यु. के