टर्कीमा आत्मघाती विस्फोट, २८ को मृत्यु,


टर्कीको राजधानी अंकारामा आतंकबादी हमला भएको छ । राजधानी अंकारास्थित संसद भवन र सैनिक मुख्यालयको नजिकै बिहीबार बम बिष्फोट गराइएको हो ।
बम बिस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।”मारिएकामध्ये केहि सर्वसाधारण छन् । घटनाको अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन ।

अधिकारीहरु भन्छन् संसद भवन र सैन्य मुख्यालय नजिकैको सडकको ट्राफिक बत्ती छेउमा सेनाका बसहरु रोकिए लगत्तै सो बम विष्फोट भएको थियो। आफ्नो विदेश यात्रा स्थगित गर्दै राष्ट्रपति रेजेप तायिप एर्दोगानले उनकै शब्दमा यस्ता आक्रमण गर्ने गोटीहरु र ती पछाडीका शक्तिविरुद्ध लडाईं जारी रहने प्रतिज्ञा गरेका छन्।

एक सुरक्षा सुत्रले आक्रमणको प्रारम्भिक दोष पीकेके भनिने प्रतिवन्धित टर्केली कुर्दिश पृथकतावादी आन्दोलनमाथि लगाएको छ। लगत्तै स्वीडेनको स्टकहोल्ममा पनि टर्केली सांस्कृतिक केन्द्र रहेको भवनमा विष्फोटन हुँदा सो भवन नराम्ररी क्षतिग्रस्त भएको स्वीडेनी प्रहरीले जनाएको छ। सो घटनामा कोहि पनि घाइते भएनन्।।