कर छलीको आरोपमा नेयमारको, निजी जेटसहित ५ करोड डलरको सम्पत्ति जफत हुने


एजेन्सी / ब्राजिल सरकारले कर छलीको आरोपमा फुटबल स्टार नेयमारको निजी जेटसहित पाँच करोड डलर सम्पत्ति जफत गर्ने भएकाे छ। सायो पाउलोको अदालतले नेमारको अपिल खारेज गर्दै उनको सम्पत्ति जफत गर्न अादेश दिएको हाे।

२३ वर्षिय नेयमार सन् २०११ र २०१३ मा ब्राजिलको क्लब सान्तोसमा आबद्ध भएपछि उनीमाथि कर छलीको आरोप लागेको थियो। नेयमारले यी सबै आरोपलाई अस्वीकार गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गत वर्ष नेयमार र उनको परिवारलाई प्रशासनले करिब १‍.६ करोड बराबरको कर छली गरेको आरोप लगाएको थियो।

फुटबल क्लब बार्सिलोनामा अवैध तरिकाले ट्रान्सफर लिएको भन्दै नेयमार र उनका बुवालाई स्पेनिश विभागबाट पनि यसै महिना कानूनी जाँचको सामना गर्नुपरेको थियाे।