फुटबल जिते पछि जता ततै खुशी,एनआरएनएको पनि बधाई


काठमाडौं । दक्षिण एसियाली खेलुकद (साग)मा पदक विजेता सबै खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनले बधाइ ज्ञापन गरेको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदकी प्रवक्ता रञ्जु वाग्ले (थापा)ले मंगलबार प्रेस विज्ञप्ति जारी गरी पदक बिजेता फुटबल खेलाडीलगायत सबैलाई बधाइ दिएकी हुन् ।

१२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा स्वर्ण पदक जित्न सफल भएकोमा नेपाली फुटबल टीमलाई गैरआवासीय नेपाली संघ हार्दिक बधाई ज्ञापन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली फुटबल टीमको सहासिक र रोमाञ्चक प्रदर्शनले लामो समयदेखि निराशामा रहन बाध्य नेपाली समाजलाई केही उत्साह प्रदान गर्न सफल भएको हामीले विश्वास लिएका छौं ।’Nepal-Footballआगामी दिनमा नेपालको खेलकुद क्षेत्रको विकासका लागि संघले सक्दो सहयोग गर्ने बाचा पनि एनआरएनले गरेको छ । साथै सबै खेलाडीहरुको उत्तरोत्तर प्रगतिको कामना पनि गरिएको छ ।

12705175_959561324090949_2847933637026015616_n