बेल्जियममा पनि जनयुद्ध दिवस मनाईयो


बेल्जियम/ नेपाली जनप्रगतिशील मोर्चा, युरोप र नेपाली जनजाति सरोकार मञ्च युरोपको आयोजनामा वेल्जियममा जनयुद्ध दिवस मनाएको छ। नयाँ जनवादी व्यवस्था स्थापनाको उदेश्यसहित फेवु्रअरी १ तारिक सन् १९९६ वाट सुरु भएको जनयुद्दको सम्झना एन्टवेर्पनमा गरिएको हो।

नेपाली जनजाती सरोकार मञ्च युरोपका संयोजक राम वहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा युरोपका संयोजक विष्णु भुजेलले वर्तमान नेपालको राजनैतिक अवस्था, मोर्चाले नेपाली जनताको आन्दोलनमा गरेको ऐक्यवद्धता र अव गर्नु पर्ने भूमिकाकोवारेमा चर्चा गरे।unnamedकार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा वेल्जियमका अध्यक्ष प्रेम पाठक लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन नेपाली जनजाती सरोकार मञच वेल्जियमका अध्यक्ष वदन योङ्गहाङ्गले गरेका थिए। शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरेर सुरु गरिएको कार्यक्रममा संगठनका सल्लाहकार माकुना राइले स्वागत मन्तब्य राखेका थिए।

unnamed-2