फिन्ल्याण्डमा साहित्यिक साँझ सम्पन्न


श्रवण खनाल
हेल्सिन्की । गैर आवासीय नेपाली संघले फिनल्याण्डमा साहित्यिक साँझको आयोजना गरेको छ । फेब्रुअरी १३ तारिखका दिन राजधानी हेल्सिन्कीमा सम्पन्न उक्त कार्यक्रममा झन्डै २० जना जतिले आफ्नो प्रस्तुति वाचन गरेका थिए ।

कार्यक्रमस्थलमा उपस्थित सहभागिका अलावा अन्लाईन मार्फत नेपाल, अमेरिका लगायत देशबाट समेत आफ्नो रचनाहरु बाचन गरेका थिए। प्रणय दिवसको सन्दर्भ पनि परेको हुँदा कतिपय रचनाहरु प्रेमसँग सम्बन्धित थिए भने कतिपय समय सापेक्ष प्रतुतिरहेका थिए ।

फिन्ल्याण्ड्मै हुर्केकी ८ बर्षकी सारीका अधिकारिले आँफैले रचना गरेको कथा पाठ गरेर सबै दर्शकलाई चकित बनाएकी थिइन् । आफ्ना गीत, कथा बाहेक दुइजना सहभागिहरुले आफ्नो प्रकाशित भैसकेका पुस्तकहरु र चाँडै नै निस्कन लागेका पुस्तकहरु बारे चर्चा समेत गरेका थिए। सरस्वती बन्दनाबाट सुरु भएको कार्यक्रमलाई यू ट्युब मार्फत प्रत्यक्ष प्रसारण समेत गरिएकोले सँसारभरबाट उक्त साँझलाई हेरिएको थियो।

unnamed-9नेपालबाट नारायण श्रेष्ठ , राजेश के सि , उज्वला महर्जन लगायतले आफ्नो रचना भिडियो मार्फत पठाएका थिए । प्रस्तुत गरिएका रचनाहरु मध्यबाट जानवी हमाल, सारीका अधिकारी, नबिन अर्याल र प्रकाश सापकोटाका रचनाहरुका लागि पुरस्कार प्रदान गरिएको थियो।

उक्त साहित्य साँझ एन आर एन फिन्ल्याण्डका सचिव भुवन पोखरेलले सँचालन गरेका थिए भने सन्दिप अर्याल नेपाल फिन्ल्याण्ड डट नेट र चिरन्जिबी चापागाँइले प्राबिधिक पाटोमा सहयोग गरेका थिए ।

कार्यक्रम सुनिसकेपछि उपस्थित दर्शकहरुले कार्यक्रमको निकै नै तारिफ गर्नुका साथै यस्ता कार्यक्रमहरुले अझै तिब्रता पाउनु पर्ने सुझाव दिएका थिए। कार्यक्रममा स्वयमसेवक साथीहरुले मम , चट्पटे, चिया बेचेर रामेछापको भुकम्प प्रभावित बिद्यालयमा सहयोग गर्न एन आर एनको खातामा २१५ यूरो जम्मा गरेका थिए ।
unnamed-11unnamed-10