बेल्जियममा छानिए काँगेस महाधिबेशन प्रतिनिधि,देउवा पक्ष हाबी


बार्सिलोना/ नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसको१३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको चयन गरेको छ । समितिका अध्यक्ष शुभास जोशी ,सीता सापकोटा र राम थापा महासमिति सदस्यमा चयन भएका छन्।

यस्तै गंगाधर गौतम,बलिराम झा,सुबास गुरुङ र कमल पन्थी महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन्। आईतबार सम्पन्न भेलाले प्रतिनिधिहरुको टुङ्गो लगाएको हो। चयन भएका प्रतिनिधिहरु मध्ये देउवा पक्षको हावी रहेको छ।