सुरुङमार्गमा भवन भट्टले ५ करोड लगानी थप्ने


काठमाडौं कुलेखानी हेटौंडा सुरुङमार्गमा नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष भवन भट्टले तत्काल ५ करोड थप्ने भएका छन्। शुक्रबार बसेको कम्पनीको बोर्ड बैठकमा अध्यक्ष भटट्ले थप ५ करोड लगानी थप्ने बताएका हुन्।

यसअघि उनले १० करोड रुपैयाँ लगानी गरेका थिए। नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष हुनु भन्दा पहिले भट्टले १ अर्व लगानी गर्ने प्रतिबद्दता जनाएका थिए। पहिलाे चरणमा १५ करोड लगानी गर्ने र पछि थप्दै जाने विषयमा उनले हस्ताक्षरसमेत गरिसकेका छन्।