आज माओबादीले बन्दुक उठाएको दिन, गुट र फुटले कमजोर बन्यो


ठिक आजैका दिन २१ वर्षअघि बन्दुकको नालमा राज्यसत्ता कब्जा गर्ने रणनीीतमा तत्कालिन नेकपा माओवादीले बन्दुक उठायो। राजधानी दैनिकमा समाचार छ।
जनताको मुक्ति र परिवर्तनका लागि भनेर १० वर्षसँगै लडेका माओवादीहरुले नै आज टुक्रा भइ आफ्नो अस्तित्व जोगाउने लडाइँ लड्नुपरेको छ।

जनयुद्धमा जे भनेर लडेका थिए। त्यो कार्यभार अझै पूरा भइनसकेको माओवादीहरु ठान्छन्। तर १० वर्षे युद्ध हाँकेर शान्ति प्रक्रियामा आएको माओवादी पार्टी फुट, आपसी द्धन्द्ध, र विभाजनसँगै निकै कमजोर बनेको छ। कार्यकर्तामा निराशा छ।