७३ सालमा बर्ष दशै तिहार ११ दिन छिटो


आगामी २०७३ सालको क्यालेन्डरमा दशैँ तिहारलगायतका चाडवाड ११ दिन छिटो हुने भएका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

असार महिना भन्दा अगाडिको चाड १९ दिन ढिलो र असारपछिको चाढ ११ दिन छिटो हुनेछन् । पञ्चांग निर्णायक समितिले गृह मन्त्रालयमा पेस गरेको तिथिहरुको तालिकामा सो कुरा उल्लेख छ ।

पञ्चांग निर्णायक समितिका सदस्य सचिव पण्डित सूर्यप्रसाद ढुंगेलले २०७३ सालको दशैँ र तिहार चाड गत वर्षको भन्दा केहि दिन छिटो हुने जानकारी दिए । उनले गत वर्ष मलमास परेका कारण अधिकांश चाडबाड ढिलो भएको उल्लेख गरे ।