कोइरालाको उपचारमा लापरबाही भएको मृदुलाको गुनासो


नयाँ पत्रिका दैनिकमा समाचार छ। सुशील कोइराला प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला पनि उपचारमा लापरबाही भएको गुनासो गर्छिन् ।
सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउासो कार्यकर्ताले निधारको घाउ के हो ? बाथरुममा लडेको सत्य हो कि होइन ? पूर्वप्रधानमन्त्रीजस्ता मान्छेलाई किन अस्पताल लगिएन भन्नेजस्ता प्रश्नहरू सोधिरहेका थिए । मृदुलासाग यी प्रश्नको जवाफ थिएन, बरु उनी थप आक्रोशित भइरहेकी थिइन् ।

‘हाम्रो डाक्टर, डाक्टरभन्दा पोलिटिसियन बढी भयो । सुरुमै प्रस्ट बोल्नुको सट्टा अलमल्याउने कुरा बोले, त्यसपछि पटकपटक कुरा फेरे । त्यसैले झन् अलमल भएको छ,’ उनी भन्दै थिइन् ।