नेपालमा कस्तो सुरक्षा संयन्त्र ? बिमानस्थलबाट नै युवती गायव


काठमाडौं। एक भियतनामी युवतीको राहदानीमा अर्कै व्यक्ति उडेपछि विमानस्थलका कर्मचारीले आलोचना खेपिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिलना नाटकीय ढंगले हराएकी छन् ।

शंकास्पद यात्रा भन्दै श्रीलंका अध्यागमनले फर्काइदिएका नवलपरासीकी मालती विक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट माघ २४ गतेबाट गायब भएकी हुन् । इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयलाई बुझाउन ल्याउदै गर्दा मालती हराएकी आजको अन्नपूर्णमा समाचार छ । श्रीलंका अध्याागमनले मालतीको राहदानीलगायत कागजपत्र इन्डियन एयरलाइन्सलाई जिम्मा लागाई सोही जहाजबाट उनलाई काठमाडौं फर्काइदिएको थियो ।

इन्डियन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई जिम्मा लगउनुको साटो मालती आˆनै पन्जाबचाट भागेको रिपोर्ट अध्यागमन कार्यालयलाई दिएको छ । तर एयरदलाइन्सले मालतीको राहदानी लगायत कागजपत्र भने अध्यागमन कार्यालयलाई बुझाएको छ । उक्त एयरलाइन्सले जहाजबाट उत्रिएपछि अध्यागमन कार्यालयमा बुझाउन ल्याउँदै गर्दा मालती भागेको जानकारी दिएको छ ।

अध्यागामन विभागका निर्देशक वासु घिमिरेले विमानस्थलदबाट मालती फरार भएको पत्र प्राप्त भएको बताए । उनले भने, ‘विमानस्थलबाट फारार भएकोबारे हामी बुझ्दैछौं ।’ एयरलाइन्सले मालती भागेको बारे प्रहरी र अध्यागमनलाई ढिला गरी जानकारी गराएको स्रोतले बतायो ।

पक्राउ पर्ने डरले मालती एयरलान्स र अध्यागमनलाई झुक्याएर भागेको हुनसक्ने आशंका गरिए पनि आर्थिक लेनदेन र सेटिङमा उनलाई भगाइएको दाबी मिावनस्थल स्रोतले गरेको छ । उनी बिनाराहदानी अध्यागमनको आगमन कक्षबाट समेत बाहिर आउनु शंकास्पद देखिएको छ । बिनाराहदानी अध्यागमनको आगमन कक्षबाट छिर्नसक्नु ठूलो लापरबाही हो ।

आगमन कक्ष्मा प्रहरी र अध्यागमन अधिकारीहरु यात्रुको निगरानजी गर्न खटिएकमा हुन्छन् । यात्रुको चाप भएका बेला प्रहरी र अध्यागमनका कर्मचारीले यात्रुलाई क्रमबद्ध मिलाएर मात्र आगमन छापका लागि अध्यागमन कक्ष्मा पठाउँछन् । अध्यागमन अधिकृतले यात्रुले भरेको विवरण हेरेपछि राहदानीमा आगमन छापन लगाइदिन्छन् । तर मालतीले न आगमन फारम भनिरन्, न त अध्यागमनको आगमन कक्षमा नै गइन् । बिनाराहदानी उनले अध्यागमन पार गरिन्, त्यो पनि आश्चर्यजन ढंगले ।

त्यस्तो सरक्षा संवेदनशील क्षेत्रबाट मालती ्भाग्नु रहस्यमय बनेको छ । अध्यागमन प्रहरी र एयरलाइन्सका कर्मचारीको सेटिङबिना कुनै यात्रु भाग्नु असम्भवप्रायः हुन्छ, अध्यागमन कार्यालयका एक अधिकृतले भने, उनी कसरी भाग्न सफल भइन्, हामीलसमेत आश्चर्यमा परेका छौं ।