लन्डन दूतावासमा शोक पुस्तिका राखिने


लन्डन /  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोईरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न लन्डन स्थित नेपाली दूतावासले शोकपुस्तिका राख्ने भएको छ ।
दूतावासले बुधवार एक बिज्ञप्ती जारी गर्दै बेलायतबासी नेपाली समूदायका लागि कोइरालाप्रति श्रद्धाञ्जलि ब्यक्त गर्न भोलि ११ तारिख बिहीबार र १२ तारिख शुक्रवारका दिन कार्यालय समय भित्र शोकपुस्तिका राखिने जनाएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका कोइरालाको मंगलबार बिहान साढे बाह्र बजे महाराजगञ्जस्थित आफ्नै निवासमा आकस्मिक निधन भएको थियो । उनकाे अाजै पशुपति अार्यघाटमा अन्त्यष्ठी गरिएको थियो ।
Notice-page-001-495x700