पूर्व प्रधानमन्त्री कोईरालाको निधनप्रति, एनआरएनद्वारा शोक व्यक्त


काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको निधनप्रति गैरआवासीय नेपाली संघ एनारएनले शोक व्यक्त गरेको छ । कोइरालाको निधनबाट एनआरएनले आफ्नो अविभावक गुमाएको अध्यक्ष शेष घलेले जनाएका छन् ।

एनआरएनका अध्यक्ष शेष घलेद्वारा जारी विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमीका खेलेका सुशील कोइरालाको निधनले मुलुकले अपुरणीय क्षति ब्यहोरेको उल्लेख छ ।

पूर्व प्रधानमन्त्री कोईरालाको निधनले गैरआवासीय नेपाली अभियानका मार्गदर्शक तथा एउटा असल अभिभावक गुमाएको महसुस गरेको एनआरएनले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।
12728993_955995177780897_9055386816280857382_n