काठमाडौंमा ५.५ रिक्टर स्केलको भूकम्प, सर्बसाधारणहरु घर बाहिर


काठमाडौं । शुक्रबार राति काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।राति १० बजेर ५ मिनेट जाादा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

ठूलै धक्का गएपछि सर्वसाधारण घरबाहिर निस्किए ।भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा राम्रै महसुस भएको थियो ।भारतीय सञ्चारमाध्यमका अनुसार बिहारमा पनि धक्का महसुस भएको थियो ।

वैशाख १२मा गएको विनाशकारी भूकम्पपछि अहिलेसमम्म ४ सय २८ पटक भन्दा ४ रेक्टर स्केलमाथिका परकम्पन अाएका छन्।  भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोटसहित पश्चिम नेपालका कास्की, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ।

भूकम्प गएको १० महिना बितिसक्दा पनि परकम्प आउने क्रम रोकिएको छैन ।