वीरगन्ज रक्सौल नाका खुले पछि यसरी भित्रिए ट्रक


लामो समयदेखि अवरुद्ध वीरगन्ज रक्सौल भन्सार नाका आज दिउँसोदेखि पुनः सञ्चालन भएको छ। मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि यहाँवाट हुने आयात निर्यात पूर्ण रुपमा ठप्प भएका थिए।

स्थानीय व्यापारीले मितेरी पुलमा रहेको पाल र ढाट हटाएपछि नाका सञ्चालन भएको हो । स्थानीय व्यवसायीले अपराह्न १ बजेदेखि सञ्चालन भएपछि अहिले नाकाबाट साना सवारी साधन, मालवाहक ट्रक, कन्टेनर लगायत सबै सवारीसाधन निर्बाध रुपमा सञ्चालन भइरहेको छ भने नाकामा एक्कासि चहलपहल बढेको छ।

नाका भएर साँझ ४ बजेसम्म ५० भन्दा बढी मालबाहक ट्रक नेपाल भित्रिएका तथा केही ट्रक सीमावर्ती भारतीय सहर रक्सौलतर्फ गएको पर्साका सहायक प्रजिअ अनुज भण्डारीले बताए। नेपाल भित्रिएका मालबाहक ट्रकमा यान्त्रिक औजार लगायत मालसमान रहेको बताइएको छ। रासस