नर्वेका नेपालीहरुद्धारा भुकम्पपिडित बालबालिकालाई कम्बल वितरण


केशब पुरी,नर्वे – नर्बेमा बस्ने नेपालीहरुले सिन्धुपाल्चोक जिल्लाको सिपापोखरे गाउँ विकास समिति स्थित श्री राजेश्वरी उच्च माध्यामिक विधालयमा अध्ययनरत १४० जना भुकम्प पीडित विधार्थीहरुलाई कम्मल बितरण गरेका छन्। नर्बेबाट नेस्को नर्वे, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वे, नेपाली पोर्तुगिज समाज नर्वे, नेपाली जनसम्पर्क समिति नर्वे, प्रवासी नेपाली मञ्च नर्वे, नेपाली जनप्रगतिसिल मंच नर्वे र विवेकशील नेपाली नर्वेद्वारा संयुक्तरुपमा १४० थान कम्मल गरिएको हो।

यही जनवरी २७ मा सम्पन्न उक्त कम्मल वितरण कार्यक्रमलाई प्रत्यक्ष र प्रभावकारी ढंगले सहयोग पुर्याउने शिक्षक, विधालय व्यवस्थापन समिति, सहयोगी हातहरु र नर्वेमा रहेर आर्थिक सहयोग गर्नुहुने सबै दाताहरुलाई सहकार्य गरेका सम्पूर्ण संघ संस्थाहरुको तर्फबाट नेस्को नर्वेका अध्यक्ष केशव पुरीले हार्दिक आभार तथा धन्यबाद व्यक्त गरेका छन्।

त्यसैगरी, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेका अध्यक्ष गोरख चन्दले राज्य कमजोर हुँदा नागरिकहरु अझ बढी जिम्मेवार र कर्तव्यनिष्ठ भएर सहयोग गर्नुपर्ने बताएका छन्।