नेपाल सुन्दर छ (कविता)


– प्रकास बज्रचार्य

नेपाल सुन्दर छ।
मुटु भित्र देशकाे झण्डा छ।
प्राकृतिक छटाकाे सुगन्ध छ।
जाने त हजुर यहि सुन छ।
तर के गर्ने हजुर
जता ततै दुर्गन्ध छ।
राजनीति नेताकाे धन्दा भाे।
सम्पत्ति नेताकाे टन्न भाे।
जनता फाेकटमा सहिद भाे।
तै पनि हजुर नेपाल सुन्दर छ।
देश प्रति अथाह माया छ।
बिधालय र उधाेग बन्द छ।
बेरोजगारले युवा बिदेश पलायन छ।
अर्थतन्त्र सुस्ताएकाे छ।
बिकाश निर्माण थप्प छ।
प्रशासन सबै मन्द छ।
जहाँ भष्टाचारकाे गन्ध छ।
भुकम्पले ध्वस्त छ।
नाकाबन्दीले गस्त्र छ।
तै पनि हजुर नेपाल सुन्दर छ।
देश भक्ति दह्रो छ।
के तराई
के पहाड
के हिमाल
हामी तेराे मेराेकाे द्वन्दमा छ।
सिङ्गो नेपाल प्रदेशमा खण्ड खण्ड छ।
नेपाल अामा परिबन्दमा छ।
सुनाैलाे बिहानीकाे अाशमा
नेपाल अामा सधै मुसुक्क मुस्कुराउछ।
हजुर नेपाल सुन्दर छ।
बुद्ध र सगरमाथाकाे जाे देश छ।
जय नेपाल, जय स्वदेश छ।

(कवि साईकल सिटी पोखराको उपाध्यक्ष पनि हुनुहुन्छ।)