युरोप संयोजक कुल आचार्य स्पेन आउँदै


स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका संयोजक कुल आचार्य स्पेन आउँने भएका छन्। गत नोभेम्बरमा एनआरएनए स्पेनको कार्यलय उद्घाटन गर्न आएका आचार्य आगामी बुधबार पुन: स्पेन आउँने भएका हुन्।

एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले दिएको जानकारी अनुसार स्पेनमा नेपाली दुताबास स्थापनामा बिशेष पहल बारे छलफल गर्न संयोजक आचार्य बार्सिलोना आउँन लागेका हुन्। अध्यक्ष गुरुङले भने,” बार्सिलोनामा सम्पन्न एनआरएनए सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनबाट नै स्पेनमा दुताबास स्थापना गर्न, एनआरएनले बिशेष पहल गर्ने भन्दै घोषणा पत्र जारी भई सकेको छ। अहिले सम्म  भएका प्रगती बिबरण र नेपाल सरकारसँग अब कसरी प्रस्तुत हुने बारे छलफल गर्न संयोजक आचार्यलाई निमन्त्रणा गरेका हौ।”

युरोप संयोजक बने पछि, तिन महिना अघि मात्र आचार्यले स्पेनबाट कार्यक्रममा सहभागी बन्दै आफ्नो कार्यकालका गतिबिधिको सुरुवात गरेका थिए। एनआरएनए स्पेनको कार्यलय उद्घाटन तथा दिपावली कप फुटबल प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी बन्दै आचार्य लण्डन फर्किएका थिए। संयोजक बने पछि आचार्य,यहि फ्रेब्रबरी ३ तारिक बुधबार दोस्रो पटक बार्सिलोना आउँदै छन्।