कोपा डेल रे सेमिफाइनलमा बार्सिलोना र भ्यालेन्सिया भिड्ने


बार्सिलोना /स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा बार्सिलोनाले भ्यालेन्सिया प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार सेमिफाइनल ड्र भएको थियो । जसमा बार्सिलोनाले भ्यालेन्सिया र सेभिल्लाले सेल्टाभियो प्रतिद्वन्द्वी पाएको हो ।

बार्सिलोना र भ्यालेन्सियाबीचको पहिलो लेग फेब्रअरी ३ मा हुनेछ भने दोस्रो लेग १० तारिखमा हुनेछ ।